arrow

शक्तिशाली भूकम्पमा परी कम्तीमा १० जनाको ज्यान गयो, सयौं घाइते

logo
प्रकाशित २०७५ साउन १३ आइतबार
indonesia.jpg

काठमाडौं । इन्डोनेसियाको एक प्रसिद्ध पर्यटकीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । आइतबार स्थानीयसमयअनुसार बिहान सात बजे ६.४ म्यानिच्युटको भूकम्पको धक्का महशुस गरिएको हो । 

भूकम्पमा परी कम्तीमा १० जना मानिसहरुको ज्यान गएको बताइएको छ । इन्डोनेसियाको लोमबोक टापुमा सो भूकम्पको धक्का महशुस गरिएको हो । यो टापु पूर्वी बालीबाट ४० किलोमिटरको दूरीमा रहेको छ । यो क्षेत्रमा प्रशस्त मात्रामा पर्यटकहरु जाने गरेका छन् । 

६० भन्दा बढी साना भूकम्पहरुपछि यो शक्तिशाली भूकम्प गएको हो । यो भूकम्पमा परी सयाैं मानिसहरु घाइते भएका छन् भने दर्जनौं घरहरु भत्किएका छन् । 

इन्डोनेसियाको सरकारले अहिले आफूहरुको ध्यान उद्धार र मानिसहरुको सुरक्षामा केन्द्रित रहेको बताएको छ । इन्डोनेसियामा ज्वालामुखी र भूकम्पको घटना धेरै हुने गरेका छन् । सन् २०१६ मा पनि इन्डोनेसियामा गएको ६.५ म्याग्निच्युडको भूकम्पमा परी ४० हजारभन्दा बढी मानिसहरुको ज्यान गएको थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ