arrow

पाँचथरमा पहिलो पटक प्याराग्लाइडिङको परिक्षण उडान सफल

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ साउन १३ आइतबार
paraglinding-panchtar.jpg

पाँचथर । साहसिक हवाइ खेलमा पर्ने प्याराग्लाइडिङ पाँचथरमा पहिलो पटक परिक्षण उडान सफल रुपमा भएको छ । शनिबार फिदिम नगरपालिका–३ र ५ को संगम स्थल लब्रेकुटी बाट परिक्षण उडान सफल भएको हो । दिउँसो करिब ४ वजे गरिएको परिक्षण उडान १७ मिनेटसम्म उडान सफल भएको हो । रमिते डाँडाबाट परिक्षण उडान गरिएको प्याराग्लाइडिङ फिदिम–१ स्थित फिदिम माविको खेल मैदानमा अवतरण गरिएको थियो ।

स्थानिय फिदिमका युवाहरुको अग्रसरतामा प्याराग्लाइडिङ भएको थियो । परिक्षण उडानमा भारत सिक्किमका प्याराग्लाइडिङ पाइलट केशव अधिकारी उड्नु भएको थियो । यसअघि जिल्लाको लबे्रकुटि र सिलौटि डाँडाबाटपनि उडानको लागि सम्भाव्यताको खोजि गरिएको थियो । तर उडान सफल हुन सकेको थिएन् ।

परिक्षण सफल उडानपछि पाइलट अधिकारिले यो क्षेत्र प्याराग्लाइडिङ उडानको लागि प्रचुर सम्भावना रहेको वताए  । प्याराग्लाइडिङ परिक्षण उडानको लागि संयोजन गरेका फिदिमका व्यावसायी गणेश काफ्लेले अव सरकारबाट अनुमति लिएर यसै क्षेत्रबाट प्याराग्लाइडिङ उडानको व्यावसाय अघि वढाउने योजना रहेको वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ