arrow

'अधिनायकवादी' सरकारले चलाएको गोली लागेका रिक्सा चालकलाई भेटे ट्रेड युनियनका नेताले

logo
प्रकाशित २०७५ साउन १३ आइतबार
eriksha.jpg

काठमाडौं। ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यको नेतृत्वको टोलीले खुट्टामा प्रहरीको गोलि लागी घाइते भएका इ रिक्सा चालक महेन्द्र सुनारको स्वास्थ्य अवस्था बुझेको छ ।

भरतपुर महानगरपालिकाले तीन पांग्रे सवारीमा रोक लगाउने निर्णय गरेसँगै त्यसको विरोधमा उत्रिएका मजदुर र प्रहरीबीच गत साउन ९ गते भएको झडपमा सुनारको खुट्टामा गोली लागेको थियो । टोलीले उपचारमा कुनै कमी आउन नदिने व्यवस्थाका लागि ट्रेड युनियन कांग्रेस, चितवनका अध्यक्षलाई निर्देशन दिएको छ ।

सुनारको उपचार खर्च भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालयले बेहोर्ने सहमति भएकोमा सो को पालनाका लागि पनि टोलीले निर्देशन दिएको थियो ।

साथै ट्रेड युनियनको तर्फबाट पनि उपचारमा भरपूर सहयोगका लागि टोलीले निर्देशन दिएको थियो। चितवनभर तीनपांग्रे सवारी चलाउन पाउने अनुमति लिएका चालकहरुलाई एक्कासी यस किसिमको नीति ल्याउने कुनै पनि अवस्थामा मान्य नहुने ट्रेड युनियनका उपाध्यक्ष अजय राईले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ