arrow

भदाैदेखि कर्मचारी समायाेजन, दुर्गम नगई सुखै छैन

logo
प्रकाशित २०७५ साउन १३ आइतबार
sanghiye.JPG

काठमाडाैं । सरकारले भदाैदेखि कर्मचारी समयाेजन गर्ने भएकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार तीनै तहको दरबन्दी स्वीकृत भइसकेकाले आउँदो भदौदेखि समायोजन प्रक्रिया शुरु गरिने छ ।

संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी परिपूर्तिका लागि पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखिएकाे छ । स्थानीय तहमा जनताको प्रत्यक्ष काम हुने भएकाले कर्मचारी पठाउने पहिलो प्राथमिकतामा स्थानीय तहलाई राखिएको हो ।

कर्मचारी संघ, प्रदेश तह र स्थानीय तहमा समायोजन गर्नका लागि मन्त्रालयले समायोजन ऐन–२०७४ जारी गरिसकेको छ ।

अहिले करीब १५ हजार स्थानीय तहमा कर्मचारी अपुग छन् । संघमा ४५ हजार ८१५, प्रदेशमा १६ हजार ५७० र ५७ हजार ६९० कर्मचारीको दरबन्दी टुंग्याइएको छ ।

अहिले संघमा भएका कर्मचारीलाई नै स्थानीय तहमा पठाउने तयारी भएको अधिकारीले बताए । प्रदेशमा भने यसअघिका क्षेत्रीय निर्देशनालय कार्यालयका कर्मचारी जाने छन् ।

मन्त्रालयले अाईतबार मात्रै ८० शाखा अधिकृतलाई स्थानीय तहमा खटाएको छ । प्रवक्ता अधिकारीका अनुसार भर्खरै नियुक्त ८० शाखा अधिकृतलाई रिक्त स्थानीय तहमा पठाइएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ