arrow

धनकुटामा सशक्त प्रर्दशनका लागि आव्हान

logo
प्रकाशित २०७५ साउन १३ आइतबार
dhankuta_(2).jpg

धनकुटा । नेपाली कांग्रेस धनकुटाले धनकुटामा गरिने प्रर्दशनलाई  सशक्त बनाउनका सबैलाई आव्हान गरेको छ । आइतबार  नेपाली कांग्रेस धनकुटाले विज्ञप्ती जारी गर्दै प्रर्दशनलाई  सशक्त बनाउन सवै पक्षसंग छलफल तथा अन्र्तक्रिया गर्दै सवैलाई सहभागीताका लागि आव्हान गरेको हो ।

दिनप्रतिदन वढ्दै गएको महंगी तथा चर्को राजश्व बृद्धी र सरकारको असंबैधानिक कदमको विरुद्धमा नेपाली कांग्रेस धनकुटाले साउन १५ गते धनकुटा बजारमा गर्ने विरोध प्रर्दशनलाई सशक्त बनाउने पार्टी सचिव विजय सन्तोषी राईले विज्ञप्ती प्रकाशित गरी सहभागीताका लागी सवै नेता तथा कार्यकर्ताहरु र सर्वसाधरणहरुलाई समेत आव्हन गरेका छन् ।

दैनिक उपभोग्य समाग्री, पेटोलियम पदार्थमा गरिको मुल्य बृद्धी र व्यावसायिक कर, मातपोत ,सिफारिस लगायत  विभिन्न करहरुमा गरिएको चर्को बृद्धीले नेपाली जनताको ढाड सक्ने काम गरेकोले तत्काल मुल्य बृद्धी र राजश्व तथा करमा गरिएको चरम बृद्धी घटाउन माग गर्दै विरोध प्रर्दशनको आयोजना गरेको यदी मुल्य बुद्धी फिर्ता नलिएमा आन्दोलनका थप कार्यक्रम समेत घोषणा गर्न कांग्रेस बाध्य हुने विज्ञप्ती मार्फत उल्लेख गरिएको छ ।

विरोध प्रर्दशनलाई सशक्त बनाउन सवै पक्षसंग छलफल गरिरहेको र जिल्ला समितिले मातहतका सवै समितिहरु र भात्तृ तथा सुबेच्छुक संस्थाहरुलाई व्यापक परिचालन समेत गरिएको समेत सचिव विजय सन्तोषी राईद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ