arrow

मुख्यमन्त्री कार्यालयमा लगाइयो चट्याङ प्रतिरोधात्मक संयन्त्र

logo
प्रकाशित २०७५ साउन १३ आइतबार
pradesh_1.JPG

विराटनगर ।  प्रदेश नं १ का मुख्यमन्त्रीको कार्यालय विराटनगर–१२ मा चट्याङ प्रतिरोधात्मक संयन्त्र जडान गर्ने कार्यको तयारी आइतबार पूरा भएको छ । गृह मन्त्रालय र एडीपीसीद्वारा संयुक्त रुपमा जडान गर्ने उक्त संयन्त्रबाट कार्यालयको चट्याङ पर्दा जोखिमबाट मुक्त हुने जनाइएको छ ।

नेपालको दक्षिण पूर्वी तराई र चुरे क्षेत्रमा चट्याङको जोखिम ज्यादा हुने र यसबाट जनधनको क्षति दिनप्रतिदिन वृद्धि भइरहेकाले यस प्रकारको चट्याङ प्रतिरोधात्मक संयन्त्र जडान आवश्यक रहेको छ । घरको आकार अनुसार उक्त सयन्त्रको मूल्य न्यूनतम रु ३ हजारदेखि रु ५० हजार रहेको छ ।

चट्याङ विशेषज्ञ डा श्रीराम शर्माले नेपालमा प्रत्येक वर्ष २०० जनाको मृत्यु चट्याङको कारणले हुने गरेको बताउँदै यसबाट मृत्यु हुने चौपाया र भौतिक क्षतिको मूल्याङकन अत्यधिक रहेको छ भने। उनले नेपालमा चैत महिना देखि साउनसम्म दिउँसो ४ बजेदेखि ८ बजेसम्म चट्याङ पर्ने भएकाले सो समयमा कोठाभित्र बसेमा सुरक्षित हुने वताए ।

मानिसको ज्यादा आवातजावत र चहल पहल हुने स्थानहरु अस्पताल, विद्यालय, मल, विभिन्न सरकारी कार्यालयमा संयन्त्र जडान गरेमा जोखिम न्यूनीकरण हुन्छ, उनले भने । चट्याङ परेका बेला बाहिर हुँदा रुखको छेउमा नबस्ने, भूइँमा लम्पसार नहुने, घरबाहिर हुँदा हाईटेन्सन लाइन मुनी बस्ने, खाली जमिनमा टुक्रुक बस्ने, घरमा भित्र हुँदा सिधा खानेपानी धारा सञ्चालन गर्नवाट बच्ने, झ्यालको छेउमा नबस्ने, विभिन्न इलेक्ट्रीक सामग्री सञ्चालन नगर्ने, इलेक्ट्रीक सामग्री बिजुलीको प्लग निकाल्न आदि गरेमा सुरक्षित हुन सकिने डा शर्माले बताए ।

यसअघि उक्त संस्थाले प्रदेश नं ५ को विभिन्न क्षेत्रमा संयन्त्र जडान गरिसकिएको छ । यस प्रकारको संयन्त्र जडान तथा निर्माण गर्न विभिन्न तालीमसमेत सञ्चालन गर्ने बताए  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ