arrow

गाउँपरिषद् चलिरहेका बेला कुर्सी हानाहान, ३ घाईते

प्रहरी परिचालन गरेर परिषद् गरियाे

logo
प्रकाशित २०७५ साउन १३ आइतबार
mahottari.png

महाेत्तरी । पिपरा गाउँपालिकामा अाईतबार दिउँसो दोस्रो गाउँपरिषद् चलिरहेका बेला कुर्सी हानाहान भएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षसहित बहुमत रहेको पिपरा गाउँपालिकामा राजपा नेपालकै नेता कार्यकर्ताले नै परिषद्को विरोध र बहिष्कार गर्दा कुर्सी हानाहान भएको हो ।

राजपाका पिपरा गाउँपालिकाका पार्टी अध्यक्ष विनित पाण्डेको नेतृत्वमा गएको नेता कार्यकर्ताको टोलीले परिषद्‌मा अवरोध गरेको थियो ।

परिषद् शुरु हुनेबित्तिकै पाण्डेले अवरोध गरेको र उनका सहयोगीले कुर्सी, टेबुल तोडफोड गर्न थालेपछि दोहोरो झडप भएको थियो ।

झडपमा परी तीनजना घाइते भएका छन् । साथै केही कुर्सी र माइक पनि तोडफोड भएको गाउँपालिकाले जनाएको छ । दोहोरो हानाहानपछि प्रहरी परिचालन गरी परिषद् शुरु गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ