सडक दुर्घटनामा बेहुला सहित एकै परिवारका १४ ले ज्यान गुमाए
प्रकाशित २०७५ साउन १४ सोमबार
578
Shares
हनोई। मध्य भियतनामा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन्। विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिंदा सो दुर्घटना भएको थियो। सो भ्यानमा बेहुला समेत रहेका प्रहरी स्रोतले जानकारी दिएको छ।
मध्य भियतनाको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुला सहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको थियो। उनीहरु स्थानीय समयाअनुसार सोमबार बिहान २:३० बजे छिमेकी प्रान्तमा रहेको बेहुलीको घर जाँदै थिए।
घटनाका बारेमा छानबिन सुरु गरेको स्थानीय प्रहरीले जनाएको छ। गत वर्ष भियतनाममा सडक दुर्घटनामा परी करिब ८ हजार २ सय व्यक्तिको मृत्यु भएको थियो। अघिल्लो वर्ष पनि सो सङ्ख्या ८ हजार ६ सय थियो। एएफपी