arrow

सत्ताको चरम दुरुपयोग गर्दै शिक्षामन्त्री पोखरेल

सरकारी पैसामा पार्टी निकट शिक्षकलाई प्रशिक्षण

logo
प्रकाशित २०७५ साउन १४ सोमबार
pokhrel3.jpg

काठमाडौं । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले सत्ताको चरम दुरुपयोग गर्दै शिक्षा मन्त्रालय अन्तरगतको सरकारी निकायको पैसामा पार्टी निकट शिक्षकलाई पार्टी नेताहरुबाट प्रशिक्षण दिलाएका छन् ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्र सानोठिमी भक्तपुरले मन्त्री पोखरेलको निर्देशनमा तत्कालिन माओवादी निकटको शिक्षक संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठनसंग मिलेर शिक्षामा सुचना प्रविधिको प्रयोग तथा नेतृत्व विकास सम्बन्धी पाँच दिने राष्ट्रिय तालिम संचालन गरेको छ ।

तालिमको उदघाटन नेकपाका एउटा अध्यक्ष एंव तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए । नाममा तालिम भनिएपनि शिक्षकहरुलाई नेकपाका प्रवक्ता एंव तत्कालिन माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व शिक्षामन्त्री धनीराम पौडेल, प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले प्रशिक्षण दिएका थिए ।

सो प्रशिक्षणपछि सरकारी हिसाब मिलानका लागि प्रशिक्षणमा सहभागि शिक्षकहरुलाई एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी र शिक्षा तथा मानव विकास स्रोत केन्द्र सानोठिमीका महानिर्देशक बाबुराम पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरेर प्रमाणपत्र वितरण गरेका छन् ।

कुनै एउटा दलको भातृ संगठनका रुपमा रहेको शिक्षक संगठनसँग सरकारी निकायले सहकार्य गरेर त्यो संगठनका शिक्षकलाई मात्र राखेर तालीम चलाएको भन्दै सबै शिक्षकहरुको साझा संगठन नेपाल शिक्षक महासंघले आपत्ती जनाएको छ ।

सरकारी छापको दुरुपयोग गर्दै मन्त्री पोखरेलले राज्यसंयन्त्र पार्टी संगठन विस्तारमा दुरुपयोग गरेका छन् । शिक्षकले राजनीतिक गर्न नहुने अभिव्यक्ती दिदै आएका पोखरेलले पार्टी निकट शिक्षक संगठनलाई हाकाहाकी शिक्षकलाई राजनीति त्यो पनि कम्युनिष्ट पार्टीको राजनीतिक गर्न उत्प्रेरित गरेको स्पष्ट भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ