arrow

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले बनायो आफ्नै भवन

logo
प्रकाशित २०७५ साउन १४ सोमबार
diprung-1.jpg

खोटाङ । जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नै भवनबाट दैनिक कामकाज सुरुवात गरेको छ। गाउँपालिकाको वडा नम्बर ५ सप्तेश्वर छितापोखरी याङसोलाटारमा भुकम्प प्रतिरोधात्मक सुविधायुक्त भवन निर्माण सम्पन्न गरेर आफ्नो दैनिक कार्यालयगत कामकाज सुरुवात गरेको हो ।

‘गाउँपालिका भवन निर्माण उपभोक्ता समिति’ले निर्माण सम्पन्न गरेको भवनलाई सोमबारबाट विधिवत ढंगबाट संञ्चालनमा ल्याइएको छ । सोमबार बिहान गाउँपालिका प्रमुख भूपेन्द्र राई र उपप्रमुख सपना राईले एकसाथ भवनमा राखिएको नेपालको राष्ट्रिय झण्डा स्थापना र पुजाअर्चना सहित रिवन काटेर भवनको उद्घाटन गरेका हुन्। याङसोलाटारका स्थानियवासीले निःशुल्क उपलब्ध गराएको ७ रोपनी ८ आना जग्गामा गाउँपालिकाको ७० लाख लगानीमा निर्माण भएको भवनमा ९ वटा कोठा, १ वटा सभाहल , ४ वटा शौचालय रहेको छ ।

निर्वाचित भए पश्चात जनतासामू खाएको सपथ र कसमलाई पुरा गर्न आफू लगायत सम्पुर्ण जनप्रतिनिधि निश्पक्ष ढंगले लागि परिरहेको दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । भवन निर्माणमा संलग्नलाई धन्यवाद ज्ञापन गर्दै गाउँपालिका प्रमुख राईले संमृद्ध गाउँपालिका बनाउन आफ्ना मातहतका जनप्रतिनिधिलाई आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ