arrow

उर्जामन्त्री बर्षमानका कर्मचारीले सूचना माग्ने पत्रकार चापागाईलाई कुटेरै ठीक गर्ने धम्की, के गर्लान बर्षमानले?

सूचनाको हकको विरुद्धमा उत्रिए प्राधिकरणका कर्मचारी, के गर्ला सूचना आयोगले?

logo
प्रकाशित २०७५ साउन १४ सोमबार
barsaman.jpg.jpeg

कपिलवस्तु । उर्जा मन्त्रालय अन्तर्गतको नेपाल बिधुत प्राधिकरण तौलिहवा बितरण केन्द्रका प्रमुख हिमाशुं कुमार यादवले पत्रकार खग प्रसाद चापागाईलाई दुर्व्यवहार गरेका छन्। बितरण केन्द्रले गत आर्थिक बर्षमा ट्रान्सफर्मर बितरण गर्दा र कार्यालयले बितरण गरेको कोटेशनमा अनियमितता भएको जनगुनासो आएपछि गत श्रावण २ गते कार्यालयमा सुचनाको हक अनुसार सुचना माग्दै निवेदन दिएका थिए ।

पत्रकार चापागाईले दिएको निवेदनमा बितरण केन्द्र प्रमुखले तोक नलगाउँदा निवेदन दर्ता नभएकाले तोकका लागि प्रमुखको कार्यकक्षमा पुग्दा प्रमुख यादवले सुचना दिन नमिल्ने भन्दै दुर्व्यवहार गरेका थिए। आफनो पहुँच केन्द्रमा रहेका उर्जामन्त्री बर्षमान पुनसम्म रहेको बताउँदै सुचना नदिने र सुचना मागे कुटेर ठिक पार्ने उनले चेतावनी दिएका थिए।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलको रोहवरमा भएको छलफलमा प्रमुख यादवले आफुले आवेशमा आएर दुर्व्यवहार गरेको स्विकार गर्दै चापागाईसँग माफी मागेका छन्।

यसैबिच नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले एक विज्ञप्ती निकाली सुचनाको हक सम्बन्धि ऐन अनुसार मागिएको सुचना उपलब्ध गराउनुको सट्टा सञ्चारकर्मीलाई दुर्व्यवहार  गर्ने कार्यप्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनलाई अनुशासनको कारवाही गर्न माग गरिएको छ।सञ्चारकर्मी चापागाई हिमालय टेलिभिजन र बुटवल टुडे राष्ट्रिय दैनिकमा कार्यरत छन्।

नेपाल प्रेस युनियन कपिलवस्तुले समेत उक्त घटनाप्रति गम्भिर ध्यानार्कषण भएको जनाएको छ। नेपाल प्रेस युनियनका केन्द्रिय पार्षद चापागाईप्रति गएिको व्यवहारप्रति युनियनले खेद व्यक्त गर्दै लोकतन्त्रमा सूचनाको हक र सत्य तथ्य पत्रकारिता गर्नेप्रति वितरण केन्द्र प्रमुख यादवले गरेको व्यवहार गलत भएको  शाखा सचिव मणि प्रसाद गैेह्रेले निकालेको विज्ञप्तीमा उल्लेख छ। युनियनले बितरण केन्द्र प्रमुखलाई कारवाही गर्नुपर्ने माग गरेको छ ।

सूचनाको हक अन्तर्गत दिनुपर्ने सूचना नदिएर माथिको पावर भन्दै मन्त्रीको समेत नाम जोडेका यादवलाई मन्त्री पुनले भने कसरी व्यवहार गर्छन त्यो भने हेर्न बाँकी छ। यस प्रकरणमा सूचना आयोगले कस्तो कार्वाही गर्छ त्यो पनि हेर्न वाँकी छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ