arrow

‘प्रस्तावित प्रधानन्यायाधीशबारे भ्रामक समाचार आए’

‘स्वतन्त्र न्यायपालिकामाथिको प्रहार जस्तो देखियो’

logo
प्रकाशित २०७५ साउन १४ सोमबार
dipak-raj-joshi.jpg

काठमाडौं । प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीबारे भ्रामक समाचार आएको भन्दै प्रधानन्यायाधीशको स्वकिय सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

सचिवालयले विज्ञप्ति जारी गर्दै प्रस्तावित प्रधानन्यायाधीश जोशीको संसदीय सुनुवाइ विशेष समितिले निर्णय सुनाउँदै गर्दा त्यसलाई नै भ्रममा पार्ने गरी संचारमाध्यममा कपोलकल्पित समाचार आएको भन्दै आपत्ति जनाएको हो । 

विज्ञप्तिमा भनिएको छ ‘गत साउन १० गते बिहिबार संसदीय सुनुवाईमा परेका उजुरी र सुनुवाईका क्रममा सोधिएका प्रश्नको सम्माननीय कामु प्रधानन्यायाधीश जोशीले जबाफ दिइसकेपछि हामी संसदीय समितिको निर्णयको प्रतिक्षामा छौं । यो समयमा केही संचार माध्यमबाट कामु प्रधानन्यायाधीश जोशीबाट राजीनामा आउँदै, सत्तारुढ दलबाट राजीनामा को लागि सन्देश वा सम्भावना जस्ता कपोलकल्पित र भ्रामक समाचार प्रकाशित भइरहेकोप्रति यस सचिवालयको ध्यान आकर्षण भएको छ ।’

विज्ञप्तिमा भनिएको छ –संवैधानिक समिति र संसदीय सुनुवाई विशेष समितिमा सबै प्रकारका प्रमाणित शैक्षिक योग्यताका प्रमाणपत्रहरु पेश भैसकेकामा सम्माननीय कामु प्रधानन्यायाधीश ज्यूको शैक्षिक योग्यता वा अन्य कसैको सन्दैश जस्ता विषयलाई लिएर भ्रममा नपर्न सबैलाई आग्रह गर्दछौं ।’

भ्रामक सन्देश फैलाएर समितिलाई प्रभावित पार्न खोजिएको त हैन भन्ने शंसय पैदा भएको समेत विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा ‘जोशी १२ वर्ष लामो समय नेपाल ल क्याम्पसमा अध्यापनसंगै क्याम्पस प्रमुख भएको, तत्कालीन पुनरावेदन अदालतको न्यायाधीश र मुख्य न्यायाधीश हुँदा साथै सर्वोच्च अदालतको न्यायाधीश हुँदासमेत प्रश्न नै नभएको विषयमा हाल आएर भ्रममा फैलाउनु एक जना प्रस्तावित प्रधानन्यायाधीशको नियुक्तिलाई प्रभावित पार्नुमात्र नभइ स्वतन्त्र न्यायपालिकामाथिको प्रहार जस्तो देखिएको छ’ भनिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ