arrow

ट्रम्पको नीतिपछि बढ्यो बीएमडब्ल्यूका कारहरुको मूल्य

logo
प्रकाशित २०७५ साउन १४ सोमबार
bmw-car.jpg

एजेन्सी। कार निर्माता कम्पनी बीएमडब्ल्यूले आफ्नो दुई मोडलका कारहरुको मूल्य बढाउने निर्णय गरेको छ। पछिल्लो समय विश्व बजारमा देखिएको व्यापारिक तनावको बीचमा उसले यस्तो निर्णय गरेको छ। जर्मनी कार निर्माताले विशेषगरी चीनको बजारमा आफ्ना कारहरुको मूल्यमा वृद्धिको निर्णय गरेको हो। 

चीनले अमेरिकाबाट आउने उत्पादनहरुमा कर बढाउने निर्णय गरेसँगै चीनमा बिक्रीको क्रममा आफ्ना कारहरुको मूल्यमा पनि वृद्धि हुने कम्पनीले बताएको हो। कम्पनीले दिएको जानकारी अनुसार यो निर्णय सोमबारबाट नै लागू हुनेछ। कम्पनीले चीनको बजारमा निकै लोकप्रिय रहेका एक्स५, एक्स६ एसयूभी मोडलका कारहरुको मूल्यमा चारदेखि सात प्रतिशतसम्मको वृद्धि गरिने बताएको हो। 

पछिल्लो समय चीनको बजारमा विलासी कार निर्माताहरुको बीचमा देखिएको अत्यधिक प्रतिस्पर्धा चलिरहेको अवस्थामा यस किसिमको योजना आएको हो। यसले बीएमडब्ल्यूको व्यापारमा पनि नकारात्मक किसिमको असर पार्नसक्ने बताइएको छ। यस महिनाको सुरुवातमा चीनले ३४ अर्ब अमेरिकी डलरबराबरको चिनियाँ सामग्रीहरुमाथि कर लगाउने निर्णय गरेसँगै बीएमडब्ल्यूले पनि आफ्ना उत्पादनहरुको मूल्य बढाउने निर्णय गरेको हो। 

बीएमडब्ल्यूले आफूहरु दुवै मुलुकहरुको बीचमा स्वतन्त्र व्यापार होस् भन्ने पक्षमा रहेको भए पनि चीनले लगाएको अतिरिक्त करको कारण आफ्ना कारहरुको मूल्यमा वृद्धिको लागि आफूहरु बाध्य रहेको बताएको छ।

चीनमा अमेरिकामा निर्माण भएका बीएमडब्ल्यूका उल्लेख्य कारहरुको व्यापार हुने गरेको छ। अघिल्लो वर्ष चीनमा एक लाखभन्दा बढी सवारीहरुमा अमेरिकाबाट चीन आयात भएका थिए। कम्पनीले अहिलेसम्म आफ्नो एक्स४ मोडलको विषयमा भने कुनै जानकारी दिएको छैन। बीएमडब्ल्यू दुवै मुलुकको कर बढाउने योजनाले आफ्नो व्यापारमा कुनै किसिमको नकारात्मक प्रभाव नपरोस् भन्ने दिशामा रहेको कारण पनि यस्तो योजना अघि सारिएको हो। 

गत साता डायम्लर कम्पनीका प्रवक्ताले पनि यस्तै संकेत गरेका थिए। यस वर्ष कम्पनीको नाफामा पनि गिरावट आउन सक्ने बताएको थियो। कारको विषयमा ल्याइएको नयाँ नीतिले कम्पनीको व्यापार समस्यामा पर्नसक्ने भन्दै एक विवरण सार्वजनिक गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ