arrow

फरार अभियुक्त थपलिया प्रधानमन्त्री ओलीकै संरक्षणमा

फरार अभियुक्तसँग प्रधानमन्त्रीका स्वकीय सचिव कुम जोडेको तस्विर फेला, ओलीको सदाचारको मुखुण्डो उत्रियो

logo
प्रकाशित २०७५ साउन १४ सोमबार
farar-thapaliya-pm-secretariat.jpg

काठमाडौं। प्रधानमन्त्री भएका शुरुवात दिनमा सदाचारका पक्षमा वकालत गरेका केपी शर्मा ओली र उनको सचिवालय कसरी आफ्नो बोलीबाट पछि फर्किरहेको छ भन्ने थुप्रै घटनाले देखाएको छ। पछिल्लो दिनमा प्रहरीका रेकर्डमा फरार एक अभियुक्त प्रधानमन्त्री ओलीको सचिवालयका व्यक्तिसँग कुम जोडेको तस्विर सार्वजनिक भएपछि भने प्रधानमन्त्री ओलीको बोली र व्यवहारको भेद खुलेको हो। 

प्रहरीले फरार भनेर खोजिरहेका जिएसजी सञ्चालक गोविन्द थपलिया र प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य दुई दिन पहिले एक राजदुतकहाँ भेटघाटमा गएको तस्बिर सार्वजनिक भएपछि प्रधानमन्त्रीले भन्ने गरेको सादगी व्यवहार र भ्रष्टाचारमा शुन्य सहनशिलताको मुखुण्डो उघ्रिएको हो।नेपालस्थित कतारका राजदूत युसुफ बिन मोहम्मद अहमेद अल हली समेत उपस्थित कार्यक्रममा उनिहरु सहभागी थिए। त्यहाँ थपलिया बडो खुलेका देखिएका थिए। उनी फरार अभियुक्त झै हतासमा समेत देखिएका थिएनन। प्रधानमन्त्रीकै सोझो संरक्षण पाएपछि उनी हतासमा हुनुपर्ने कुनै कारण पनि थिएन। 

मलेसिया जाने नेपाली कामदार ठगेको आरोपमा प्रहरीले अरुलाई पक्रे पनि थपलिया भने फरार रहेको बताउँदै आएको थियो। प्रहरीले अन्त खोजेपनि वालुवाटारबाट अभियुक्त खोज्न नमिल्ने भएपछि प्रधानमन्त्री ओलीका छत्रछायाँमा थपलिया रमाइरहेका छन्। वालुवाटार वाहिर उनलाई सचिवालयका कर्मचारीले थप साथ दिएपछि प्रहरीले उनलाई छुने आँट पनि कसरी गर्नु ? 

मलेसिया जाने कामदारसँग मलेसियामा आइएसजी र नेपालमा जिएसजीको नाममा नेपाली कामदार ठगिँदै आएपछि श्रममन्त्री गोकर्ण विष्टले गत जेठ २ गते यो संस्था पनि खारेज गर्ने निर्णय गरेका थिए। यो संस्थाले मलेसिया जाने कामदार ब्ल्याक लिस्टमा छन् कि छैनन् भनेर जाँच्ने काम गर्दै आएको थियो।

भिएलएनका सञ्चालक राम श्रेष्ठलाई पक्राउ गरेर मुद्दा चलाइएपनि नेकपा निकट थपलिया भने सरकारकै उच्च तहको संरक्षणमा रहेको यसरी खुलेको हो । प्रहरी अपराध महाशाखाले अहिले पनि उनलाई खोजिरहेको छ। तर वालुवाटारमा संरक्षण प्राप्त व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरीका कसैले आँट गरेका छैनन। 

कोसी इन्टरनेशनल म्यानपावर कम्पनीका सञ्चालक थपलियाले गत आर्थिक वर्षमा ५ हजार ४ सय ७२ जनालाई वैदेशिक रोजगारीमा पठाएका थिए। ति कामदार पठाउँमा अनियमितता गरेको प्रहरीको आरोप छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ