arrow

न्याम्समा नयाँ उपकुलपतिका लागि चलखेल, यस्तो छ सम्भावना 

logo
प्रकाशित २०७५ साउन १५ मंगलबार
NAMS-news.jpeg

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा नयाँ उपकुलपतिको खोजी भइरहेको छ । साउन २४ गते उपकुलपति डा गणेश गुरुङको कार्यकाल समाप्त  हुने भएपछि नयाँ उपकुलपतिको खोजी सुरु भएको हो । नियमअनुसार प्रतिष्ठान सहकुलपति एव स्वास्थ्यमन्त्रीको सिफारिशमा कुलपति एवं प्रधानमन्त्रीले न्याम्सको उपकुलपतिको नियुक्ति हुन्छ ।  

उपकुलपति बन्न पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्र, डा श्री कृष्ण गिरी, डा सीताराम चौधरी, डा अनिल मिश्र, डा डिएन शाह, डा श्रवण कुमार चौधरी लगायत लागिपरेका छन् । साथै वर्तमान भिसी डा गुरूङ  पनि पुनः भिसी बन्ने दाउमा छन् । डा मिश्र पूर्व स्वास्थ्य सचिव र न्याम्सका पूर्व डिनसमेत हुन् । वीर अस्पतालका अधिकाशं कर्मचारी डा प्रविण मिश्रको पक्षमा छन् ।

डा श्री कृष्ण गिरी हाडजोर्नीका बरिष्ठ डाक्टर हुन् तथा न्याम्सका पूर्व रजिस्टार हुदै स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख भएर अनुभव लिइसकेका छन् उनी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एवं शिक्षा मन्त्री गिरीराजमणि पोखरेल निकट हुन्। उनलाई वीर अस्पतालका धेरैजसो कर्मचारीहरूले पूर्व स्वास्थ्य सचिव प्रविण मिश्रपछि रोजाइमा पारेका छन् । उनलाई वीर अस्पतालका अधिकांश विभागीय प्रमुखहरुको पनि सद्भाव छ । साथै वीरको कर्मचारी युनियनको पनि सहयोग रहने कुरा कर्मचारीहरू बताउँछन् ।

अर्का डा सिताराम चौधरी पूर्व डिन हुन उनलाई वीरका कर्मचारीहरू र तराईवासी डाक्टर र नेताहरूको सहयोग छ । उनी सम्भावित भीसीको स्वास्थ्यमन्त्रीको पहिलो रोजाइमा छन्।

डा अनिल मिश्र वरिष्ठ कलेजो रोग विषेशज्ञ हुन् उनी आध्यात्मिक छन् । पाइलटबाबाका भक्त हुन् भने शालिन पनि छन् । डा डि एन शाह आँखारोग विषेशज्ञ हुन । टिचिङ अस्पतालका शाह स्वास्थ्यमन्त्री उपेन्द्र यादवको दोस्रो रोजाइमा छन् । डा श्रवणकुमार चौधरी वीर अस्पताल का पूर्व निर्देशक हुन् । स्वास्थ्य सचिव पुष्पा चौधरीका श्रीमान् हुन् । उनी भारतीय दुतावासका विश्वास पात्र पनि हुन् ।

यिनीहरुका बीचमा अर्का प्रतिस्पर्धी छन् वर्तमान उपकुलपति डा गणेश गुरूङ । ओखलढुङ्गाका गुरूङ २०७१ साउन २३ मा भिसी हुँदा तत्कालीन एमालेका महासचिव ईश्वर पोखरेलको सिफारिसमा भिसी भएका थिए । उनी नेकपाका वरिष्ठ नेता माधव नेपाल निकट हुन् । हाल उनलाई नेकपा नेताहरूले नै अनियमितता गरेको भष्टाचार गरेको, पार्टीको सिफारिस अनुसार काम नगरेको लगायतका आरोप लागेको छ । 

ट्रमा सेन्टरमा आफूलाई कमिशन दिने कम्पनीको मात्र औषधि प्रयोग गर्न निर्देशन दिएको आरोपसमेत गुरुङमाथि लागेको छ । गुरुङलाई कमिशनका लागि ट्रमा सेन्टरमा प्रयोग नै नहुने ५४ करोडको सामान किनेर अपरेशन कोठामा थन्काएको आरोप पनि छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ