arrow

अमेरिकाको प्रतिबन्धको चेतावनीपछि इरानको मुद्रा खस्कियो

logo
प्रकाशित २०७५ साउन १५ मंगलबार
iran-rial-money.jpg

एजेन्सी। इरानको मुद्रा अहिलेसम्मकै सबैभन्दा कमजोर विन्दुमा पुगेको छ। आइतबारको बजारमा इरानको मुद्रामा व्यापक गिरावट आएको देखिएको हो। पछिल्लो समय अमेरिकाले इरानमाथिको प्रतिबन्धमा कडाइ गर्ने योजना ल्याइरहेको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो। 

आइतबारको बजारमा इरानी मुद्रा रियाल प्रतिडलर एक लाख एकाइमा पुगेको थियो। पछिल्लो समय इरानमा आर्थिक संकट आउनसक्ने आशंका गरिएको अवस्थामा यस किसिमको नतिजा हासिल भएको हो। अमेरिकाले पूर्णरुपमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको अवस्थामा यस किसिमको नतिजा हासिल भएको हो। आइतबारको बजारमा रियालमा उल्लेख्य अवमूल्यन आएको हो। आर्थिक हिसाबमा सुधारको सबैभन्दा पहिले मौद्रिक क्षेत्रमा सुधार गर्नुपर्ने भन्दै इरान अघि बढिरहेकोमा उसको मुद्रा विश्व बजारमा थप कमजोर बन्न पुगेको हो। 

पछिल्लो चार महिनाको अवधिमा रियालमा आधा गिरावट आइसकेको छ। साथै इरानको मुद्रामा आगामी दिनमा पनि सुधार हुने सम्भावना निकै कमजोर रहेको छ। यसले इरानको अर्थतन्त्र समस्यामा पर्नसक्ने अधिकारीहरुको भनाइ रहेको छ। अहिले अमेरिका इरानमाथि थप प्रतिबन्ध लगाउने योजनामा अघि बढिरहेको अवस्थामा देखिएको यस्तो विवरणले आगामी दिनमा उसको अर्थतन्त्रमा थप गिरावट आउनसक्ने बताइएको छ। 

आगामी दुई सातापछि इरानमाथि ठुलो प्रतिबन्ध लगाउने तयारीमा अमेरिका रहेको छ। गएको मे महिनामा अमेरिकाले इरान सम्झौताबाट बाहिरिने निर्णय गरेको थियो। सन् २०१५ मा भएको यो सम्झौताबाट बाहिरिने निर्णयमा अमेरिका पुगेको हो। यो सम्झौताबाट बाहिरिएसँगै उसले इरानमाथि प्रतिबन्धको निर्णय गरेको हो।

इरानले आफ्नो न्युक्लियर कार्यक्रम जारी राखेको कारण पनि उसलाई प्रतिबन्ध लगाउनुपर्ने अवस्थामा अमेरिका पुगेको अधिकारीहरुले बताउँदै आएका छन्। आगामी अगष्टमा उसले इरानलाई अमेरिकी डलर खरिदमा पनि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ। त्यसका साथै अमेरिकाले इरानसँग सुन, कोइला, स्टिल, कार, मुद्रा तथा ऋण लिने मुलुक तथा कम्पनीमाथि पनि प्रतिबन्धको निर्णय गरेको छ।

यस वर्षको अन्तिममा अमेरिकाले इरानको ऊर्जा तथा तेलको निर्यात तथा कारोबारमा पनि प्रतिबन्धको तयारी गरेको छ। अहिले इरानको लागि आफ्नो आर्थिक समस्या समाधान गरेर अघि बढ्नु एक महत्वपूर्ण चुनौती रहेको देखिएको छ। त्यसका साथै पछिल्लो समय मानिसहरुमा देखिएको निराशा तथा मुलुकको आर्थिक गिरावटबाट पार पाउन भने अर्को समस्या रहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ