arrow

ट्रम्पको भेटले गरेन काम, नयाँ मिसाइल परीक्षण गर्ने तयारीमा उत्तर कोरिया

logo
प्रकाशित २०७५ साउन १५ मंगलबार
north-korea2.jpg

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियन सर्वोच्च नेता किम जोन उनको भेटपछि शान्त रहने अनुमान गरिएको भए पनि उत्तर कोरिया पुनः नयाँ मिसाइल परीक्षणको योजनामा अघि बढिरहेको विवरण सार्वजनिक भएको छ। 

सञ्चारमाध्यमहरुको विवरणअनुसार स्याटेलाइटबाट लिइएको तस्बिरमा उत्तर कोरिया नयाँ मिसाइल विस्तारको योजनामा काम गरिरहेको देखिएको हो। गत जुन महिनामा उत्तर कोरियन नेता किम र ट्रम्पको बीचमा भेटवार्ता भएको थियो। 

ट्रम्पले वार्तापछि अब विश्वको लागि कुनै किसिमको न्युक्लियरको चुनौती नरहेको बताएका थिए। सोमबार प्रकाशित भएको विवरणले भने उत्तर कोरियाले एउटा अथवा दुई अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल बनाइरहेको देखाएको थियो। राजधानी सहर नजिकै उक्त मिसाइल बनिरहेको विवरणमा देखिएको थियो। 

यसअघि पनि उत्तर कोरियाले आफ्नो मिसाइलको काम जारी राखेको विवरणहरु सार्वजनिक भएको थियो तर उत्तर कोरियाले भने यसलार्इ अस्वीकार गर्दै आएको छ। 

गत साता अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि उत्तर कोरियन कम्पनीहरुले अहिले पनि लगाताररुपमा न्युक्लियर हतियारमा प्रयोग हुने चिजहरुको उत्पादन जारी राखेको बताएका थिए। गएको अप्रिल महिनामा उत्तर कोरियाले आफ्ना सबै न्युक्लियर कार्यक्रमहरु रोकिएको बताएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ