arrow

प्रेस युनियनको महाधिवेशन मंसिर २८ मा, यी हुन् केन्द्रीय समितिका पाँच निर्णय

logo
प्रकाशित २०७५ साउन १५ मंगलबार
Press-Union.jpg.jpeg.jpeg

काठमाडौं । नेपाल प्रेस युनियन केन्द्रीय कार्य समितिको साउन ९ गते काठमाडौँमा सम्पन्न बैठकले विभिन्न प्रस्ताव तथा निर्णय गरेको छ । बैठकले केन्द्रीय महाधिवेशन मंसिर २८ गते गर्ने निर्णय गरेको छ । यसअघि महाधिवेशन भदौमै गर्ने तयारी रहेको थियो । 

यस्ता छन् केन्द्रीय कार्यसमितिका निर्णयहरु–

– नेपाल प्रेस युनियनको आगामी महाधिवेशनको तयारीका लागि विस २०७५ साउन मसान्तसम्म सबै शाखाहरुले नयाँ सदस्यता खोली तथा नविकरण गरी आवश्यक आर्थिक हिसाबसहित सम्पूर्ण विवरण केन्द्रीय समितिमा पठाउन परिपत्र गर्ने निर्णय ।

२– महाधिवेशनको तयारीका लागि २०७५ भदौ २० गतेदेखि असोज १० गतेसम्म सबै शाखाको अधिवेशन, २०७५ मंसिर १ गते सातै प्रदेशको अधिवेशन र मंसिर २८ र २९ केन्द्रीय महाधिवेशन गर्ने निर्णय । 

३– देश संघीय संरचनामा गईसकेको सन्दर्भमा नेपाल प्रेस युनियनको सांगठनिक संरचना पनि सोही अनुसार बनाउन हालको विधानलाई संशोधन गर्ने निर्णय गरियो । त्यसका लागि अन्य विविध विषयका साथै समानुपातिक समावेशीसहित जिल्ला कार्य समिति ११ देखि १५ सदस्य रहने, प्रदेश कार्य समिति २५ सदस्यीय र केन्द्रीय कार्य समिति ४९ सदस्यीय रहने विधान संशोधनको नयाँ व्यवस्था केन्द्रीय समितिबाट पारित गर्ने निर्णय ।

४– नेपाल प्रेस युनियनको सदस्यता शुल्कमा केहि समायोजन गरि नयाँको लागि ३ सय र नविकरणका लागि २ सय शुल्क तोक्ने वैठकले निर्णय ।

५– सरकारी सञ्चारमाध्यमलगायत राससमा आस्थाका आधारमा त्यहाँ कार्यरत पत्रकार साथीहरुलाई हटाउने कार्यको यो वैठक खेद प्रकट गर्दै राससमा नविकरण नगरिएका ५३ जना स्ट्रिन्जरहरुको तत्काल नविकरणका लागि वैठकले जोडदार माग गर्ने निर्णय ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ