arrow

प्रधानमन्त्री शपथसँगै १२ अर्ब डलरको सहयोग माग्ने तयारीमा इमरान खान 

logo
प्रकाशित २०७५ साउन १५ मंगलबार
imran-khan2.jpg

काठमाडौं । पाकिस्तानको प्रधानमन्त्री पदको सपथ लिएसँगै इमरान खानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग मुलुकको सबैभन्दा ठुलो संकट निवारण सहयोगका लागि आग्रह गर्ने तयारी गरेका छन् । 

पाकिस्तानले आईएमएफसँग १२ अर्ब अमेरिकी डलरबराबरको ऋण सहयोगका लागि आग्रह गरेको हो । नयाँ प्रधानमन्त्री इमरान खान मुलुकको अर्थतन्त्रलाई स्थिर बनाउने दिशामा अघि बढिरहेका छन् । यद्यपि अमेरिकाले भने पाकिस्तानको यो आग्रहको विषयमा आईएमएफलाई चेतावनी दिएको छ । 

आगामी ११ अगष्टमा प्रधानमन्त्रीको शपथ लिन लागेका इमरान खान मुलुकको अर्थतन्त्र स्थिर राख्नका लागि आईएमएफसँग सहयोग लिने तयारी गरेका हुन् । 

केही दिनअघि भएको निर्वाचनमा सबैभन्दा बढी सिट हासिल गरी खानको पार्टी संसदको पहिलो पार्टी बन्न सफल भएको छ । बहुमत हासिल गर्नका लागि १३६ सांसदहरु आवश्यक रहेको भए पनि उनको पार्टीको ११५ र साना तथा निर्दलीय पार्टीहरुसँग मिलेर उनले सरकार बनाउने योजनामा रहेका छन् । 

यदि पाकिस्तानलाई पुनः आईएमएफले सहयोग गरेको खण्डमा आईएमएफको यो १३ औं सहयोग हुनेछ । पछिल्लो समय पाकिस्तानको निर्यात पनि सुस्त रहेको छ भने उसको ऋण पनि बढिरहेको छ । यद्यपि पाकिस्तानसँग अहिले चीनबाट ऋण लिने विकल्प भने रहेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आईएमएफलाई सहयोग दिने गल्ती नगर्नका लागि चेतावनी दिएका छन् । आईएमएफले भने यस विषयमा आधिकारिक रुपमा कुनै पनि निवेदन प्राप्त नभएको बताएको छ । पाकिस्तानलाई अबको केही महिनाभित्र ३ अर्ब डलरबराबरको रकम आवश्यक हुन्छ, जसबाट उसले चीन र विश्व बैंकको ऋण तिर्न सकोस। (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ