arrow

‘नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाती होइन’ : प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७५ साउन १५ मंगलबार
kp-oli-presents-n.jpeg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाती होइन’भनेका छन् । महालेखा परीक्षकको २०७४–०७५ लेखा परीक्षण सम्बन्धी बैठकमा प्रधानमन्त्री ओलीले नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाती नभएको बताएका हुन् । 

सिंहदरबारमा भएको बैठकमा उनले भने, ‘नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाती होइन । तर, हामीभित्र मौलाएको महत्वकांक्षा र गलत संस्कारले भ्रष्टाचारतिर तान्यो, यो क्रमलाई अब यही बिराम लगाउनुपर्छ ।’

उनले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै निकायले पनि उन्मुक्ति नपाउने समेत बताए । प्रधानमन्त्री ओलीले बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने औंल्याए । 
सरकारी कार्यालयहरुमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको भन्दै प्रधानमन्त्री ओलीले, ‘के कारणले बेरुजु भएको हो ? जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो, त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले राजनीतिक नेतृत्वले समेत आर्थिक नियम कानुनभित्र बस्नुपर्ने बताए । राजनीतिले देशलाई बाटो देखाउने भएकाले राजनीतिक व्यक्तित्वहरुले यस बिषयमा गम्भीर हुनुपर्छ, ओलीले भनेका छन् । बैठकमा महालेखा परीक्षक टंकमणी शर्माले आर्थिक वर्ष २०७४–०७५ मा ४८ अरब रुपैयाँ बेरुजु देखिएको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ