बर्षातले छेकेन काँग्रेस कञ्चनपुरको प्रर्दशनलाई, दुई तिहाइको दम्भ देखाए जनता सडकमा उतार्ने चेतावनी
ईश्वर दत्त बडू/ दिपेन्द्र बस्नेत।
प्रकाशित २०७५ साउन १५ मंगलबार
236
Shares
कञ्चनपुर। बर्षातले चिसिएको ७ नम्बर प्रदेशमा नेपाली काँग्रेसको प्रदर्शनले भने सडक तताएको छ । मंगलबार कञ्चनपुरमा बिहानैदेखि बर्षा भए पनि नेपाली काँग्रेस कञ्चनपुरले बर्षातमा भिज्दै सरकार बिरुद्धको बिरोध प्रर्दशन गरेको हो।
दिउँसो १२ बजेदेखि नेपाली काँग्रेसले जिल्ला सदरमुकाम महेन्द्रनगरमा प्रर्दशन गरेको हो। नेता कार्यकर्ताले रेनकोट, छाता ओढेरै प्रर्दशन गरेका छन्। केही नेताहरु पानीमै भिजेर प्रर्दशनमा उत्रेका थिए ।
नेपाली काँग्रेस कञ्चनपुरका पार्टी सभापति हरि प्रसाद बोहराले केन्द्रीय कार्यक्रम अनुसार कञ्चनपुरमा समेत ओली सरकारको अधिनायक र जनबिरोधी कार्य बिरुद्ध प्रर्दशन गरिएको बताए ।
सभापति बोहराले कार्यकर्तादेखि नेतासम्म प्रर्दशनमा सहभागि भएको बताए। उनका अनुसार वर्तमान सरकारका काम कार्बाही, प्रदेश सरकारको नीति एव स्थानीय सरकारले बृद्धि गरेको कर बृद्धी र महङगी बिरुद्धमा प्रर्दशन गरिएको बताए । ओली सरकार बिरुद्ध चर्काचर्का नाराबाजी गरेका नेपाली काँग्रेसका नेता कार्यकर्ताले करबृद्धि रोक्नुपर्ने, महङगी नियन्त्रण गर्न माग गरे ।
प्रर्दशन पछि मदन चोकमा आयोजित कोण सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले ओली सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको बताए । ‘ बर्तमान ओली सरकार सर्वसत्तावादतर्फ उन्मुख हुँदैछ ', उनले भने, ‘संविधान विपरित सरकार अघि बढेको छ ।’ काँग्रेसले सडक, सधन र सरकारमा शसक्त ढङगले प्रतिपक्षीको भूमिका निर्वाह गरेको बताए । सरकार नै सरकार बिरुद्ध लागेको बताउदै उनले बजेट दुरुपयोग भईरहेको आरोप लगाए ।
नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य एनपी साउदले सरकार बिरुद्ध काँग्रेस बाध्य भएर सडकमा उत्रेको बताए । उनले सरकार, संविधान र संघीयता बिरुद्धमा लागेको आरोप लगाए । ‘ सरकारले कर बृद्धि गर्दैछ,’ उनले भने, ‘साईकलमा पनि करबृद्धि गर्दैछ ।’ करको रकम कहाँ गयो उनले प्रश्न गरे। पूर्वमन्त्री समेत रहेका काँग्रेस नेता साउदले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने बताए ।
प्रर्दशनमा साउद, लेखक सहित नेताहरु दिवान सिह विष्ट, बहादुर सिह थापा जिल्ला, नगर, गाउँ वडा स्तरका नेता तथा कार्यकर्ता, नेविसंघ, तरुण दल, नेपाल महिला संघ लगायत विभिन्न भातृ संघ संस्थाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
काँग्रेस कञ्चनपुरले स्थानीय सरकारले आफ्ना नेता कार्यकर्तामा नाममा नातेदारहरुलाई योजना बाँडिरहेको भन्दै त्यसको बिरुद्धमा जनता सडकमा उतार्ने चेतावनी दिएको छ ।