arrow

पोखरामा उत्रिएका काँग्रेसले गरे सरकारलाई खवरदारी

logo
सरिता पँगेनी तिमिल्सिना।
प्रकाशित २०७५ साउन १५ मंगलबार
congress-pokhara.jpg

पोखरा। नेपाली काँग्रेस कास्कीले पोखरामा सरकार बिरुद्ध बिरोध प्रदर्शन गरेको छ।

सरकार सर्बसत्ताबाद र फासिवादतिर गएको,जथाभावी कर बढाएको आरोप लगाउदै काँग्रेसले पोखरामा प्रदर्शन गरेको हो।

पोखराको पृथ्वी चोकदेखि शुरु भएको र्‍यालि, सभागृह चोक, न्युरोड हुँदै बिपि चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोण सभामा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियारले सरकार सर्बसत्ताबादतिर गएकोले सडकमा आएर बिरोध गर्न परेको बताए।

पूर्वमन्त्री यज्ञ बहादुर थापाले बर्तमान सरकारले जनताको हितमा काम नगरेको भन्दै राष्ट्रको प्रधानमन्त्री सबै जनताको अभिभावक बन्न नसकेको आरोप लगाए।

सांसद सूर्य बहादुर केसीले सरकारले बढाएको करबाट जनता आतंकित भएको बताए।

कोणसभामा गण्डकी प्रदेश सांसद बिन्दु कुमार थापा, नेपाली काँग्रेसका नेता देबराज चालिसे, कास्की सभापति कृष्ण केसी ,सचिब सुदिपमोहन भट्टराई, नेपाल महिला संघ कास्की सभापति कोपिला रानाभाट, नगर सभापति बजिरमान श्रेष्ठ, तरुण दल कास्कीका सभापति मनोज गुरुङ, अन्नपूर्ण गाउँ पालिका अध्यक्ष युबराज कुँवर, लगाएतले सरकारको जनविरोधी कदमप्रति बिरोध जनाएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ