-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। अन्नपूर्ण राष्ट्रिय दैनिकको प्रधान सम्पादकमा पत्रकार हरि बहादुर थापा नियुक्त भएका छन्।
कान्तिपुर दैनिकका सम्पादक रहेका थापाले केहि दिन अघी मात्र साँढे दुई दशक लामो आफ्नो कान्तिपुरको सहयात्रालाई बीट मारेर अलग भएका थिए।
मंगलवार मात्र थापालाई अन्नपूर्णको व्यवस्थापनले प्रधान सम्पादकको रुपमा नियुक्त गर्ने निर्णय गरेको थियो।
थापाको नियुक्तीको औपचारिक जानकारी व्यवस्थापनले बुधवार साँढे १२ वजे मात्रै अन्नपूर्णका पत्रकार र व्यवस्थापनलाई गराउने बताइएको छ।
अन्नपूर्णका वर्तमान सम्पादक राजाराम गौतमले भने प्रधान सम्पादकमा थापा आए लगत्तै न्यूज रुपमा आफ्नो जिम्मेवारीबाट अलग भएको जनाउ दिएर बाहिरिएका थिए।
गौतमले दिएको जानकारी पछि न्यूज रुमबाटै यो जानकारी बाहिरिएको थियो।