हिमालपारीको जिल्ला मनाङमा पनि सरकार विरोधी प्रदर्शन
नविन लामिछाने,
प्रकाशित २०७५ साउन १५ मंगलबार
655
Shares
मनाङ। नेपाली काँग्रेसले हिमालपारीको जिल्ला मनाङमा पनि सरकारको विरोधमा प्रदर्शन गरेको छ।
नेपाली काँग्रेसले देशैभभरि आह्वान गरेको विरोध प्रदर्शनको क्रममा मनाङमा पनि प्रदर्शन भएको हो।
मनाङको धारापानिबाट निकालिएको काँग्रेसको जुलुस प्रहरी चौकी धारापानी हुँदै माथिल्लो धारापानीबाट खोत्रो पाखा परिक्रमा गर्दै सोहि ठाउँमा आएर सभामा परिणत भएको थियो।
सभालाई मनाङका स्थानिय नेताहरुले सम्वोधन गरेका थिए।
सभामा नेताहरुले सरकारले महंगी नियन्त्रण गर्न नसकेको, करको अत्यधिक वृद्धी गरेको, सर्वसत्तावाद र फासिवाद बढाएको आरोप लगाएका थिए।
सरकारले दुई तिहाइको दम्भ देखाएर गैरसंवैधानिक कार्य गर्दै स्वतन्त्र न्यायालयलाई पनि विवादित बनाएको बताएका थिए।