गुल्मीमा सरकार विरोधी प्रदर्शन, सरकारले जनअपेक्षामाथि कुठराघात गरेको आरोप
रमेश विक,
प्रकाशित २०७५ साउन १६ बुधबार
306
Shares
गुल्मी। नेपाली काँग्रेस गुल्मीले सरकारले गरेको चर्को मुल्य वृद्धि तथा कम्युनिष्ट सर्वसत्तावाद विरुद्ध बृहत विरोध प्रर्दशन गरेको छ। सरकारले आफ्नो पछिल्ला गतिविधि अधिनायकवादतर्फ उन्मुख गराएको भन्दै हजारौँको संख्यामा काँग्रेस कार्यकर्ताहरु सहभागी भइ बृहत र्याली समेत निकाले।
र्याली पछिको कोण सभालाई सम्बोधन गदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले सरकारले जनअपेक्षामाथि कुठराघात गरेको बताए। नेपाल विद्यार्थी संघका पुर्व अध्यक्ष समेत रहेका घिमिरले सरकारले जनताको विश्वासलाई तोड्न थालेको भन्दै सरकारले चालेको कदमले जनताको दैनिकी कष्टकर बन्दै जान थालेको बताए।
सरकारले दुई तिहाई बहुमतको अहंकार प्रर्दशन गर्न थालेको उल्लेख गर्दै घिमिरेले डा गोविन्द केसीलाई जोडेर काँग्रेसमाथि गलत प्रवृत्तिका लाञ्छना लाउने काम भएको बताए।
कुनै नागरिकले राज्य सञ्चालनको क्रममा राज्यले गरेका निर्णयमाथि प्रश्न उठायो भने राज्य आइपुग्छ तर डा गोविन्द केसी अनसनमा बस्दा प्रधानमन्त्री केपी शर्मा ओलीले कोही व्यक्ति अनसनमा बस्दैमा यो सरकारले झुक्दैन भन्दै अहङकार प्रर्दशन गरेकाले आफुहरुले सदन र सडकमा समेत आवाज उठाउनु परेको बताए। धेरै परिवर्तन काँग्रेसको सरकारको पालामा भएको छ अरु सरकार सपना देखाउने मात्र भएको उनले बताए।
कोण सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले सरकार अधिनायकवादतर्फ उन्मुख हुँदै गएको बताए। उनले सरकारले हरेक क्षेत्रमा चर्को मुल्य बृद्धि गरेको भन्दै यसतर्फ सरकार सचेत बन्नुपर्ने बताए।
कोण सभामा जिल्ला सचिव विष्णुकुमारी सापकोटाको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रममा पार्टीका पुर्व जिल्ला सभापति शुरेशचन्द्र भुसाल, जिल्ला कार्य समितिका सदस्य, महासमिति सदस्य, विभिन्न भातृसङगठनका पदाधिकारी लगायतको बाक्लो सहभागीता रहेको थियो।