arrow

१०१ जना सवार विमान दुर्घटनामा 

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
plane-crash.jpg

काठमाडौं । मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटनामा परेको छ । ९७ यात्री र चालक दलका चार सदस्य सवार विमान दुर्घटना भएको हो ।

विमान उडेको करिब पाँच मिनेटमै दुर्घटना भए पनि सबै यात्रु बाच्न सफल भएका छन् । ८५ जना घाइते भएकामा दुई जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । 

दुर्घटनास्थलमा आगो लागेको दृष्य स्थानीय टेलिभिजन च्यानलले प्रशारण गरेका छन् । अधिकांश यात्री दुर्घटनाग्रस्त विमानबाट आफैं बाहिर निस्कन सफल भएका थिए ।

मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटी जानका लागि उडान भरेको ए एम २४३१ विमान दुर्घटनामा परेको हो । विमान खराव मौसमका कारण दुर्घटनामा परेको बताइएको छ । 

Authorities treat the injured at the scene of the Durango plane crash

Drone footage of the crash site in Durango 31 July 2018

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ