arrow

डा केसीलाई आइसीयूबाट वार्डमा सारियो, यस्तो छ स्थिति 

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
dr-govinda-kc-ward.jpg

काठमाडौं । १५ औं चरणको आमरण अनसन सबैभन्दा बढी दिनको भएपछि थला परेका त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत सत्याग्रही प्राडा गोविन्द केसीको स्वास्थ्यमा सुधार भएको छ । 

आफ्ना माग पूरा गर्ने सहमति सरकारले गरेपछि २७ दिनको आमरण अनसन तोडेका डा केसी ६ दिन आइसीयूमा बस्नुपरेको थियो । मंगलबार दिउँसो भने उनलाई वार्डमा सारिएको छ । 

कीर्तिमानी २७ दिन लामो सत्याग्रहका कारण उनको शरीरमा आएका विभिन्न परिवर्तनका कारण उपचार गर्न लामो समय आइसीयूमा बस्नुपरेको थियो । 

डा केसीको उपचारमा संलग्न चिकित्सकले रगतमा पोटासियमको मात्रामा भएको गडबडी, रक्तचापमा आइरहने फेरबदल र सेतो रक्तकोषिकाको संख्या निकै कम भएका कारण आइसीयूमा राख्नुपरेको बताए । 

रगतको परीक्षण र इसीजीमा सुधारका संकेतहरु देखिएपछि डा केसीलाई वार्डमा सारिएको चिकित्सकले बताएका छन् । 

डा केसीलाई मेडिसिन विभागमा भर्ना गरी राखिएको छ । उनको स्वास्थ्यमा अपेक्षाकृत सुधार हुन नसकेकाले डिस्चार्ज गर्न भने समय लाग्ने बताईएको छ । उनी पूर्ण स्वस्थ्य हुन अझै एक हप्ता लाग्नसक्ने चिकित्सकले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ