arrow

एसियामा किन लगानी गर्दैछ अमेरिका ? 

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
indo-pacific-region.jpg

एजेन्सी। पछिल्लो समय व्यापारिक हिसाबमा देखिएको व्यापक तनावका बीच अमेरिकाले एसियामा लगानीको योजना अघि सारेको छ। उसले एसियाको डिजिटल बजारमा ११ करोड ३० लाख अमेरिकी डलरबराबरको लगानी गर्ने बताएको हो। एसियाको बजारमा चीनको बढ्दो प्रभावलाई मध्यनजर गर्दै अमेरिकाले यस्तो योजना अघि सारेको बताइएको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पछिल्लो इन्डो–प्यासिफिक क्षेत्रको आर्थिक विस्तारका लागि यस किसिमको योजना अघि सारिएको बताएका हुन्। 

विदेशमन्त्री पोम्पेओले आफूहरु अहिले बलियो सम्बन्धका लागि अघि बढिरहेको तर निर्भरताको लागि कुनै स्थान नरहेको बताएका हुन्। पछिल्लो समय चीन र अमेरिकाको बीचमा ठुलो व्यापारिक तनाव जारी रहेको अवस्थामा यस किसिमको योजना आएको हो। चीन आफ्नो प्रभाव व्यापक मात्रामा विस्तार भइरहेकोले पनि अमेरिका चीनलाई रोक्ने योजनामा अघि बढेको हो। अहिले अमेरिकाले ल्याएको योजना चीनको लगानीको तुलनामा भने समुद्रमा एक थोपा पानीबराबरको रहेको विश्लेषकहरुले बताएका छन्। 

चीनले यो क्षेत्रमा आफ्नो प्रभाव बढाउनका लागि अर्बौं डलरबराबरको लगानी गरिसकेको छ। अमेरिकाका लागि चीनको वान बेल्ट वान रोड योजना एक समस्या हो। यो योजनाको माध्यमबाट चीन आफ्नो आर्थिक तथा राजनीतिक प्रभाव विस्तार गर्ने दिशामा अघि बढिरहेको अवस्थामा उसलाई रोक्ने धुनमा अमेरिका देखिएको हो। पोम्पेओले अमेरिका आफ्नो आर्थिक क्षेत्रमा नयाँ युगको लागि अघि बढिरहेको र सोही क्रममा यस्तो योजना अघि सारिएको बताए। डोनाल्ड ट्रम्प आएसँगै सबैभन्दा पहिला अमेरिका भन्ने योजनाका साथमा अघि बढेको कारण गत वर्ष उसले ट्रान्स प्यासिफिक पार्टनरसिप सम्झौताबाट बाहिरिने निर्णय गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ