arrow

अष्ट्रेलियाको प्लास्टिक नियन्त्रणको निर्णयले जन्मायो विवाद

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
australia-plastic.jpg

काठमाडौं । विश्वव्यापीरुपमा बढ्दो प्लास्टिकको फोहोरको मारमा परेको मुलुकमध्येमा अष्ट्रेलिया पनि एक हो । जसको कारण मुलुकले एकपटक प्रयोग गरेर फालिने प्लास्टिकको झोलामा प्रतिबन्ध लगाएको छ । 

यद्यपि पछिल्लो समय ल्याइएको मारमा उपभोक्ताहरु परेका हुन् । सुपरमार्केट कम्पनी कुलेस र वूलवर्थले आफ्नो एकपटक मात्र प्रयोग गर्न मिल्ने प्लास्टिकको सट्टामा पुनः प्रयोग गर्न मिल्ने झोला ल्याएसँगै अष्ट्रेलियामा विवाद देखिएको हो । 

यसअघि निःशुल्क दिइँदै आएको प्लास्टिकको झोलालाई नयाँ व्यवस्थासँगै ११ अमेरिकी सेन्ट पर्ने गरेको थियो । यस्तोमा एक उपभोक्ताले लिएको झोलामा केही खराबी देखिएसँगै विवाद भएको थियो । यो खराबीसँगै दुवै सुपरमार्केटहरुले निःशुल्क सो झोला उपलब्ध गराउने निर्णय गरेका थिए । 

सपिङमा कुनै समस्या नहोस् भन्न यो योजना ल्याइएको कम्पनीहरुले बताएका छन् । वातावरणको क्षेत्रमा काम गरिरहेका संस्थाहरुले भने कम्पनीको योजना कुनै अल्पसंख्यक मानिसहरुका लागि रहेको भन्दै आलोचना गरेका छन् । 

यस किसिमको योजनाले वातावरणमा नकारात्मक असर पार्ने उनीहरुको भनाइ छ । सामाजिक सञ्जालहरुमा पनि यो योजनाको व्यापक विरोध भएको छ । मानिसहरुले पुनः प्रयोग गर्न सकिने झोला केही बाक्लो हुने र टुट्न लामो समय लाग्ने भएकाले पनि सामान्य प्लास्टिकभन्दा यो हानिकारक हुने बताएका छन् । 

यसको विकल्पको खोजी हुनुपर्ने आवाजहरु उठेका छन् । अष्ट्रेलियाको न्यु साउथ वेल्सबाहेकका सबै राज्यहरुमा एकपटक मात्र प्रयोग गर्न मिल्ने प्लास्टिकहरुमा प्रतिबन्ध लगाइएको छ । 

राष्ट्रसंघका अनुसार विश्वका विभिन्न ६० मुलुकहरुमा जस्तै अष्ट्रेलियाले यो योजना ल्याएको हो । राष्ट्रसंघका अनुसार वार्षिक हिसाबमा विश्वमा ५० खर्ब एकपटक मात्र प्रयोग गर्न मिल्ने प्लास्टिकका झोलाहरुको प्रयोग हुने गरेको छ । 

सन् २०२२ सम्म सबै प्लास्टिकका झोला हटाउनका लागि राष्ट्रसंघले अपिल गरेको छ । धेरैजसो प्लास्टिकको फोहोर चीनबाट निस्किने गरेको छ । त्यसका साथै इन्डोनेसिया, फिलिपिन्स र भियतनाम पनि प्लास्टिकको फोहोरमा सबैभन्दा अगाडि रहेका मुलुकहरु हुन् । बेलायत, अमेरिका र युरोपका उपभोक्ताहरुको समुद्रमा प्लास्टिक फ्याँक्ने गर्छन् । 

गत डिसेम्बरमा विश्वका १९३ मुलुकहरुले समुद्रमा प्लास्टिक नफाल्ने प्रतिबद्धता जनाएका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ