arrow

विराटनगरमा रहेकाे भारतीय क्याम्प बन्द

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
fild_office.JPG

काठमाडौं । नेपालस्थित भारतीय दूतावासअन्तर्गतको विराटनगर क्याम्प कार्यालयबाट प्रदान गरिने सबै सेवा वुधबारदेखि बन्द भएका छन् । 

भारतीय दूतावासद्वारा जारी विज्ञप्तिअनुसार दूतावासको विराटनगर कार्यालयबाट प्रदान गरिँदै आएका यातायात अनुमति, भारतीय नागरिकका लागि प्रमाणपत्र दर्ता, जन्म, मृत्यु पञ्जीकरण प्रमाणीकरणलगायत सेवा बन्द गरिएका हुन् । 

हालसम्म विराटनगर कार्यालयबाट प्रदान गरिने सबै सेवाका लागि अगष्ट १ देखि काठमाडौँस्थित भारतीय दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो नेपाल भ्रमणका बेला सो कार्यालय बन्द गर्ने बारेमा सहमति भएको थियो । 

२०६४ मा  कोशी बाँध भत्किएर आएको बाढीपछि भारतीय भूमिबाट यातायात सञ्चालन गर्नु परेपछि सहज हाेस् भनि क्याम्प स्थापना गरिएको थियो । तर, नेपाल सरकारले यसअघि नै बन्द गर्न भने पनि भारतले अटेरी गरिरहेकाे थियाे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ