arrow

'देउवा राजनीतिका ‘पेले’ हुन्, अब मैदानको छेउमा बसेर हौसला दिनुपर्छ'

गुरु घिमिरे भन्छन, ' ओली प्रचण्ड इश्वरले शासन गर्न पठाएर आएका होइनन् '

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ साउन १६ बुधबार
GURU-ghimire.jpg

बुटवल । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु घिमिरेले ओली प्रचण्डले इश्वरले शासन गर्न पठाएर आए जस्तो रबैया देखाएको आरोप लगाएका छन्। जनताको हित बिपरित, संबिधानकोे मर्म बिपरित निर्णयहरु गर्दै गइरहेको भन्दै तत्काल यस्लाइ रोक्न चेताबनी समेत दिए ।

रिपोर्टर्स क्लव प्रदेश ५ ले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै घिमिरेले सरकारले देखाएको रबैयाका कारण काँग्रेसले आफ्ना माग बोकेर सडकमा जानुपरेको प्रष्ट पारे ।

‘सांसदको सपथ नखांदै ओलीले सोझै प्रधानमन्त्रीको सपथ खाने, राष्ट्रपति बिद्यादेबी भण्डारीले राष्ट्रियसभाका ३ जनाको सिफारिसलाइ धेरै दिनसम्म झुलाएर नया सरकार बनेपछि फेरि ३ जनालाइ मनोनयन गरेर संबिधानको उल्लंघन शुरु भो ।’ प्रधानमन्त्री र राष्ट्रपतिले संबिधानको सिलसिलेवार उल्लंघन गरेको उनको आरोप छ ।

‘५ बर्षका लागि सरकार बनेको हो ,चुनाब जित्न जनता रिझाउन सक्नुपर्छ, त्यसै ५० बर्ष कम्युनिष्ट सरकार बन्छ, जित्छ भनेर जनता धम्काएर जितिन्छ’ ? उनको प्रश्न छ ।

प्रस्ताबित प्रधानन्यायधिश दीपकराज जोशीलाइ प्रधानन्यायधिश नबनाउने षडयन्त्र भैरहेको उनको भनाइ छ। ‘संबैधानीक परिषदको सिफारिस, न्यायरिषदको अनुमोदन, सर्बाेच्च अदालतको सिफारिस पूरा गरेर आएको ब्यक्तिलाइ घरी शैक्षिक प्रमाणपत्रको कुरा उठाएर, घरी न्यायसम्पादनको कुरा उठाएर प्रधानन्यायधिश नबनाउने षडयन्त्र भएको छ । ’उनले सुनाए ।

उनले नेकपाभित्र आन्तरिक द्वन्द्वका कारण नै सरकार ५ बर्ष नटिक्ने ठोकुवा गरे । ‘ नेकपा प्रवक्ता राजीनामा दिएका छन्, गोबिन्द के सीको अनसनमा नेकपाका धेरै सभासदको समर्थन थियो, यस्तै कारण सरकार टीक्दैन’ । 

देउवा राजनीतिका ‘पेले’ हुन् ,अब मैदानको छेउमा बसेर हौसला दिनुपर्छ ः 
फुटवलका पेले जस्तै नेपाली राजनीतिमा कांग्रेस सभापति शेरबहादुर देउवा पेले भएको उनको टिप्पणी छ।
‘४ पटक प्रधानमन्त्री बन्नुभयो, सभापति बन्नुभयो,अब हामीले तपाइहरुलाइ धेरै भारी बोकाए पाप लाग्छ, शेरबहादुर दाइ, रामचन्द्र दाइहरु मैदानको किनारामा बसेर ताली बजाउनुस्, हौसला दिनुस् अब हामी छौं ।’

फुटवलको उदाहरण दिदै उनले पेले कुनै बेला राम्रै खेल्थे तर अहिले दर्शकदीर्घामा बसेर तालि पिटेर हौसला दिने गरेको सुनाए । उनले अब पार्टी नया शीराबाट अगाडि बढाउनुपर्ने धारणा राखे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ