arrow

सरकारले न्यायालयमा हस्तक्षेप सुरु गर्यो, काँग्रेसले कडा आन्दोलन गर्छ : सहमहामन्त्री महत

logo
प्रकाशित २०७५ साउन १६ बुधबार
prakash-saran.jpg

काठमाडौं। नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अनुमोदन गर्न नचाहेको कारण सिर्टफिकेट नभएर अर्कै हो भनेका छन्। नेकपाले उनलाई अनुमोदन गर्न नचाहेको कारण अर्कै हो, यो त जनतालाई नक्कली सर्टिफिकेटधारी भनेर दुश्प्रचार गर्न ल्याइएको हथकण्डामात्र हो– डा महतले भने। 

भित्री कारण अधिनायकवाद नै हो र कम्युनिष्ट पार्टीले न्यायालयमा आफूले भनेको मान्छे मात्र कसरी ल्याउन सकिन्छ भनेर विगत लामो समयदेखि उनका विरुद्धमा भए नभएका प्रमाणहरु खोज्ने काम गरेको बताए।  यसरी मुलुकको सर्वोच्च न्यायालयमा आफू अनुकुलका मात्र मानिस खोज्ने काम गर्ने भने यसले देशमा कानुनी शासन र प्रजातिन्त्रक पद्दतिको सीधै अन्त्य गर्ने डा.महतले बताए।

आज काठमडौंमा अयोजित एक कार्यक्रममा उनले भने– सार्वजनिक सुनुवाई समितिका सदस्यहरुलाई पनि स्वतन्त्र रुपमा काम गर्न नदिएर सुरक्षाकर्मी खटाउनेदेखि लिएर पार्टीको दबदबा सिर्जना गरेर आतंक मात्र सिर्जना गर्न खोजिएको उनले बताए।

वर्तमान सरकारकाले दुई तिहाई बहुमत र अबका ५ वर्ष आफैले सरकार चलाउने धाकधम्की देखाएर कर्मचारी प्रशासन, मुलुकको प्रेस जगत, सुरक्षा अंग लगायतका सारातिर सत्ताकब्जाको शैलीमा काम गरिरहेको र यस्ता कार्यमा न्यायलयमा समेत हस्तक्षेप गरेर आफूले भन्दा मान्ने मान्छेमात्र ल्याउने भित्री षड्यन्त्रबाट यस्तो काम भएको उनले बताए।

नेपाली काँग्रेसले सधैँ अदालत स्वतन्त्र हुनुपर्छ भनिरहेको र त्यसका लागि सदैव लड्ने पनि उनले स्पष्ट गरे। उनले भने– यदि वर्तमान प्रधानन्यायाधीशलाई अनुमोदन नगरेर अरु खोज्दै हिँड्ने काम वर्तमान सरकारले दुई तिहाई बहुमतको आडमा गर्यो भने काँग्रेस यसै चुप लागेर नबस्ने र सरकारलाई यसको मूल्य निकै महंगो पर्ने डा. महतले बताए।

सहमहामन्त्री डा.महतले काँग्रेसले नेकपाको यस निर्णयको विरोधमा र स्वतन्त्र न्यायालयको पक्षमा कडा आन्दोलन गर्ने चेतावानी दिए। उनले भने– के गर्ने भनेर अहिले नै त भन्दैनौँ तर हाम्रो आन्दोलन कडा हुनेछ। 

गोविन्द केसी प्रकरणमा झुक्न बाध्य भएको वर्तमान सरकार नेपाली काँग्रेसले देशव्यापी रुपमा हिजो गरेको खबरदारी सभाबाट पनि अत्तालिएकोले यसले सरकारका विभिन्न अंगमा हस्तक्षेपका लागि हौसिएको आरोप पनि उनले लगाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ