arrow

व्यापारयुद्धले विश्वको औद्योगिक क्षेत्र कमजोर

logo
प्रकाशित २०७५ साउन १७ बिहिबार
industrial-area.jpeg

एजेन्सी। पछिल्लो समय चीन र अमेरिकाको बीचमा देखिएको व्यापारयुद्धको कारण अधिकांस राष्ट्रका औद्योगिक क्षेत्र पनि कमजोर बन्न पुगेको एक विवरणले देखाएको छ। 

विश्वभरका फ्याक्ट्रिहरुको विस्तार गएको जुलाई महिनामा कमजोर बनेको विवरण सार्वजनिक भएको हो। यद्यपि विश्वको आर्थिक गतिविधिको नतिजा भने सो अवधिमा बलियो रहेको पाइएको छ।

अहिलेको अवस्थामा पनि विस्तारको नतिजा हासिल हुनु भने राम्रो पक्ष रहेको विश्लेषकहरुले बताएका छन्। अहिले विश्व बजारमा निकै चुनौतीहरु देखिएको अवस्थामा यो नतिजालाई कायम राख्न सक्नु पनि उपलब्दि भएको विज्ञहरुको भनाइ छ। अझै पनि वास्तविक हिसाबमा बजार विस्तारको नतिजा हासिल हुनु र बेरोजगारीको नतिजा पनि निकै कमजोर अवस्थामा नरहनुले भने केही मात्रामा विश्व बजारमा सकारात्मक संकेत गरेको बताइएको छ।

पछिल्लो समय अमेरिका र चीन व्यापारिक द्वन्द्वमा उत्रिएको कारण विश्व बजारमा विभिन्न किसिमको आशंका फैलिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ