- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डका दुई ठाउँमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ । बिहिबार बिहान ४ बजे भरतपुर महानगरपालिका–२९स्थित घुमाउने र इच्छाकामना गाउँपालिका– ६ जलबिरेमा खसेको पहिरो पन्छाएसँगै अवरुद्ध सडक बिहान ९ः३० बजेबाट चालु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाउन लागि दुई वटा डोजर प्रयोग गरिएको थियो । सडक सञ्चालनमा आएसँगै पहिरोका कारण रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।
सडकको स्तरोन्नतिका क्रममा भित्ता काटिएका कारण जुनसुकै समयमा पहिरो जान सक्ने भन्दै सबैलाई सजग भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।