arrow

अमेरिकी संसदले भारतलार्इ दियो छुट

logo
प्रकाशित २०७५ साउन १७ बिहिबार

काठमाडौं । अमेरिकाको संसदले भारतलाई प्रतिबन्धको केही नियममा छुट दिने निर्णय पारित गरेको छ । बुधबार अमेरिकी संसदले भारतमाथि प्रतिबन्ध लाग्नसक्ने आशंका समाप्त गरेको हो । 

अमेरिकाको यो निर्णय पारित गरेसँगै भारतले रसियासँग हतियार खरिद गर्दा अमेरिकाले कुनै प्रतिबन्ध लगाउने छैन । यसअघि रसियासँगको हतियार खरिदको विषयलाई लिएर केही आशंकाहरु देखिएको थियो ।

अमेरिकाले आफ्नो प्रतिबन्धमा रहेका मुलुकहरुसँग राजनीतिक तथा आर्थिक सम्बन्ध रहेका मुलुकहरुमाथि प्रतिबन्ध लगाउँदै आएको छ । अहिले रसियामाथि अमेरिकाको आर्थिक प्रतिबन्ध जारी रहेको छ । 

यसअघि भारतले अमेरिकाले लगाएको प्रतिबन्ध मान्नु आवश्यक नरहेको र राष्ट्रसंघले लगाएको प्रतिबन्ध मात्र मान्ने बताउँदै आएको थियो । यसअघि अमेरिकाको तल्लो सदनबाट यो विधयेक पारित भएकोमा माथिल्लो सदनले पनि यसलाई सदर गरेको हो ।

यससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई यो एक प्रमाणपत्र दिएर प्रतिबन्धबाट मुक्त गर्नेछन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ