बागलुङ । बागलुङमा सवैभन्दा बढि घरेलु हिंसा मुद्धा रहेका छन । जिल्ला प्रहरी कार्यालय बागलुङले सार्वजनिक गरेको तथ्याङक अनुसार आर्थिक वर्ष ०७४-०७५ घरेलु हिंसा सम्बन्धी ५४ वटा मुद्धा दर्ता भएका थिए । ति मध्ये ३४ वटा मिलापत्र, १२ वटा अदालत गएको र ८ वटा अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विश्वराज सिंह थापाले बताए ।
गत वर्ष कार्यालयमा विभिन्न शिर्षकमा कुल १ सय ८५ मुद्धा दर्ता भएका थिए । ति मध्ये १ सय १६ फछौंट् भएका छन भने, ६१ वटा बाँकी रहेका छन । जबरजस्ती करणीका घटनाहरु भने घट्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७३-७४ मा १२ वटा मुद्धा दर्ता भएकोमा १२ वटा नै मुद्धाहरु फर्छौट भएका थिए भने गत वर्षमा १० वटा मात्र मुद्धा परेका थिए ति सवै फछौ्ट भएका छन ।
कार्यालयमा गत आवमा ८ वटा कर्तव्य ज्यान सम्बन्धी मुद्धा दर्ता भएका थिए । जस मध्ये ७ वटा मुद्धा फर्छौट र १ मुद्धा फर्छौट गर्न बाँकी रहेको प्रहरी नायव उपरिक्षक थापाले बताए ।
सार्वजनिक अपराध सम्बन्धी ४९ मुद्धा
कार्यालयमा मानव बेचबिखन तर्फको मुद्धामा १ मुद्धा दर्ता भएको थियो । यो मुद्धा फर्छौट भएको छ । सार्वजनिक अपराध सम्बन्धी ४९ मुद्धा दर्ता भएका जस मध्य ४६ मुद्धा फर्छौट भएका छन् भने ३ मुद्धा फर्छौट गर्न बाँकी छन् । कुटपिट तथा अङ्गभङङ्ग सम्बन्धी मुद्धामा २ दर्ता भएकोमा २ वटा नै फर्छौट भएको कार्यालयले जनाएको छ ।
बहुविवाह तर्फ २ वटा मुद्धा दर्ता भएकोमा २ वटा नै फर्छौट हुन सकेका छैनन् । ज्यान मार्ने उद्योग तर्फको मुद्धा पनि ३ वटा परेका थिए । ति मुद्धाहरु पनि अझैसम्म कुनै पनि फर्छौट हुन सकेका छैनन् । त्यस्तै आत्माहत्या गर्नेको संख्या भने ३२ रहेको प्रहरीले जनाएको छ ।
लागु औषध सम्बन्धी ११ मुद्धा
बागलुङमा लागु औषध सम्बन्धी मुद्धा भने यस वर्ष पनि उत्तिकै रहेका छन । लागु औषध सम्बन्धी ११ मुद्धा दर्ता भएकोमा १० फर्छौट भए भने १ बाँकी रहेको छ । विशेष गरी पश्चिम क्षेत्रबाट यसको कारोबार हुने गरेको प्रहरीले जनाएको छ । त्यसैगरी २ जना बालकलाई गौबधको मुद्धा लागेको थियो तिनिहरुलाई बालसुधार गृहमा राखिएको छ । गत बर्ष बागलुङमा १ सय ६१ अभियुक्तलाई पक्राउ गरिएको थियो । जसमध्ये १ सय ६० पुरुष र ९ महिला रहेका छन । त्यस्तै पुर्पक्षमा गएका मध्ये ४२ पुरुष र ३ महिला रहेका छन ।
७ सय ३५ लिटर अवैध घरेलु मदिरा नष्ट
गत आर्थिक वर्षमा बागलुङमा कुल ७ सय ३५ लिटर अवैध घरेलु मदिरा (रक्सी) बरामद गरी नष्ट गरिएको छ भने ४ हजार ४ सय ५० लिटर कक्चा पदार्थ र ५ सय ७० केजी मोर्चा बरामद गरी नष्ट गरिएको छ । जिल्लाको पश्चिम क्षेत्र बडिगाड गाउँपालिकाको खोलाखर्कर निसीखोला गाउँपालिकाको सिमा चेम्लाहर लगायतको स्थानमा गरी कुल ९ सय ८५ रोपनी क्षेत्रफलमा लगाईएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालयले बागलुङमा ६१ जना विशिष्ट व्यक्तिहरुको सुरक्षा दिएको थियो ।