- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
ओखलढुंगा । स्थानीय तहमा भएका भ्रष्टाचारजन्य गतिविधिलाइ नियन्त्रण गर्न नेपाली कांग्रेसले आग्रह गरेको छ । सिद्धिचरण नगरपालिका भित्रका कतिपय वडाहरुमा सडक, खानेपानी र सिंचाइ योजनामा बढी भ्रष्टाचार देखिएको भन्दै यसको नियन्त्रणमा जनप्रतिनिधिहरु जिम्मेवार भएर लाग्नु पर्ने कांग्रेसले आग्रह गरेको हो ।
सिद्धिचरण नगरपालिका वडा नम्बर १० बेतिनिमा सिंचाइ खानेपानी र सडकमा वडा तहका जनप्रतिनिधिहरुकै मिलेमतोमा भ्रष्टाचार भएको आरोप बाहिर आएकाले त्यस्को बास्तविक्ता पत्ता लगाइ कारवाही हुनु पर्ने नेपाली कांग्रेसका महासमिति सदस्य डिल्लीराम खनालले बताए । आज जिल्लाका पत्रकारसंग कुरा गर्दै मेयरका प्रत्यासी समेत रहेका खनालले नगरपालिकाले जिम्मेवार प्रतिपक्षसंग सल्लाहा नै नगरी मनोपोली हिसावले एकलौटी कार्य गर्दा अनियमितता बढेको बताएका हुन् ।
त्यस्तै लिखु गाउपालिकाले कतिपय टेण्डर आवहान गरेर गर्नुपर्ने ठेक्काका कामहरु गाउपालिका अध्यक्षको ठाडो निर्देशनमा हुने गरेको गाउपालिका अध्यक्षका प्रत्यासी एवं नेपाली कांग्रेसका नेता अशोक कार्कीले बताए । गाउपालिका प्रमुख यसरी पश्चायति शैलिमा प्रस्तुत हुँदा सिंगो गाउपालिकाको विकास र समृद्दिमा अवरोध हुने कार्कीको भनाइ छ ।
सिद्दिचरणन नगरपालिका वडा नम्बर १० को खानेपानी र सिंचाइ योजनामा भएका भ्रष्टाचारका कुरा उठाएवापत वडाअध्यक्ष लगायतले प्रहरीमा उजुरी दिएर आफुलाइ प्रहरीमा थुन्न लगाएको स्थानीय नन्दलाल धमलाले गुनासो गरे । गाउमा आएको बजेटलाइ सदुपयोग गर्नुपर्छ भनेकै आधारमा आफुलाइ जनप्रतिनिधि बाटै दुव्र्यवहार भएकाले २० बर्ष लामो कम्यूनिष्टको राजनीति त्यागेर आफु नेपाली कांग्रेसमा प्रबेश गरेको धमलाको भनाइ छ । गत शनिवार कांग्रेसमा प्रवेश गर्नुभएका धमला माओवादीका गाउकमिटी अध्यक्ष हुदै नेकमा एमालेका जिल्ला कमिटि सल्लाहाकार हुन् । उनले गाउमा आएका योजनामा सुशासन कायम हुनु पर्छ भन्ने आवाज जहा रहेपनि उठाइरहने समेत बताए ।
यस विषयमा सिद्दिचरण नगरपािलका वडा नम्बर १० का वडा अध्यक्ष दामोदर धमलाले गाउमा मदीराजन्य पदार्थलाइ नियन्त्रणगरी सकारात्मक कार्य गर्न खोज्दा आफुमाथि विभिन्न आरोप लगाइएको बताए । स्थानीय तहमा भएका अनियमितता लाइ नियन्त्रण गर्दै सुशासन कायम गराउनका लागि नेपाली कांग्रेसले अभियान सुरु गर्ने जिल्ला सभापति प्रदीप कुमार सुनुवारको भनाइ छ ।