arrow

 मनांगाग्वा भए जिम्बावेको नयाँ राष्ट्रपति 

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
zimbabwe-president-emmerson.jpg

काठमाडौं । जिम्बावेको नयाँ राष्ट्रपतिमा एमर्सन मनांगाग्वा विजयी भएका छन् । गत सोमबार सम्पन्न निर्वाचनको परिणाम घोषणा गर्दै निर्वाचन आयोगले मनांगाग्वा विजयी भएको जनाएको हो ।

आयोगले १० प्रान्तको मत परिणाम जारी गर्दै मनांगाग्वाले ५०.८ प्रतिशत मत प्राप्त गरेको जानकारी दिएको हो । उनका प्रतिस्पर्धी उम्मेदवार विपक्षी दलका नेता नेलसन चमिसाले ४४.३ प्रतिशत मत ल्याए । 

Mr Mnangagwa's supporters celebrating after the results were announced

मतगणना धाँधलीपूर्ण रहेको आरोप लगाउँदै मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज ‘एमडीसी’ गठबन्धका अध्यक्ष मोर्गन कोमिचीले निर्वाचन परिणामलाई अस्वीकार गरेका छन् । निर्वाचन आयोगले भने निर्वाचनका क्रममा कुनै धाँधली नभएको स्पष्ट पार्दै आएको छ ।

राष्ट्रपति निर्वाचनको क्रममा भएको हिंसामा ६ जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए ।

A supporter of the ruling ZANU-PF walks past a burnt vehicle at the party"s offices a day after the clashes between security forces and opposition protesters in Harare, Zimbabwe, August 2, 2018

निर्वाचनपछि राजधानी हरारेमा फैलिएको दंगा शान्त भएको छ ।

राष्ट्रपति मनांगाग्वाले संकट समाधानका लागि सरकार विपक्षी नेता चमिसासँग वार्ता गरिरहेको जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ