arrow

उखरमाउलो गर्मीले रन्थनियो युरोप, अहिलेसम्मकै उच्च विन्दुतर्फ चढ्दै पारो

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
europe.jpg

एजेन्सी। युरोपमा अहिलेसम्मकै सबैभन्दा गर्मी हुनसक्ने देखिएको छ। पछिल्लो बढिरहेको तापलहरले युरोपको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुग्नसक्ने अनुमान गरिएको हो। युरोपको अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम ग्रिसको राजधानी सहर एथेन्समा सन् १९७७ मा मापन गरिएको थियो। जतिबेला तापक्रम ४८ डिग्री सेन्टिग्रेटमा पुगेको थियो। 

स्पेन र पोर्चुगलको तापक्रममा पछिल्लो समय व्यापक विस्तार भइरहेको छ। अफ्रिकाबाट आएको तापलहरको कारण उक्त दुई मुलुकहरुको तपक्रम अत्यधिक मात्रामा विस्तार भइरहेको देखिएको हो। 

सञ्चारमाध्यमहरुमाबताइएअनुसार शुक्रबार र शनिबार युरोपको अधिकतम तापक्रम ४७ डिग्री सेल्यिससम्म पुग्नसक्छ। पोर्चुगलको सबैभन्दा उच्च तापक्रम ४७.४ डिग्री सेल्सियस रहेको छ। यो तपक्रम २००३ मा मापन गरिएको हो। स्पेनको हकमा यणे नतिजा ४७.३ डिग्री सेल्सियसमा रहेको छ। 

बेलायतको अहिलेसम्मको सबैभन्दा उच्च तापक्रम करिब ३३ डिग्री सेल्सियसमा पुग्नसक्ने अनुमान गरिएको छ। इटालीमा पनि अत्यधिक तापक्रम भएको भन्दै अलर्ट जारी गरिएको छ। 

मौसमको क्षेत्रमा काम गरिरहेको मेटिओ ग्रुपले युरोपको तापक्रम ४८ डिग्री सेल्सियस पार हुने सम्भावना ४० प्रतिशत रहेको बताएको छ। साथै २५ देखि ३० प्रतिशतको सम्भावना युरोपियन तापक्रमको सीमा पार हुने रहेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ