arrow

ट्रम्पको नीतिका लागि तयार छौं : चीन

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
china-commercial-ministry.jpg

एजेन्सी। डोनाल्ड ट्रम्पले चिनियाँ सामग्रीहरुमाथि कर बढाउनका लागि ल्याएको नयाँ योजनाका लागि आफूहरु तयार रहेको चीनले बताएको छ। विहीबार एक विज्ञप्ति जारी गर्दै चीनले अमेरिकाको नीतिका लागि तयार रहेको बताएको हो।

अमेरिकाले चीनमाथि दुई खर्ब अमेरिकी डलरबराबरको सामग्रीहरुमा कर बढाउने निर्णय गरेसँगै त्यसका लागि तयारी रहेको बताएको हो। आफ्ना नागरिकहरुको चाहना र अवस्थालाई सहयोग पुग्ने किसिमको नयाँ नीति ल्याउने तयारीमा आफूहरु रहेको चीनले बताएको हो। चीनको वाणिज्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो समय व्यापारिक तनाव बढिरहेको अवस्थामा आफूहरु समस्या समाधानको लागि वार्ता गरिरहेको बताएको छ। 

यसअघि पनि अमेरिका र चीनको बीचमा व्यापारिक तनाव कम गर्ने विषयमा छलफल भएको थियो। दुई चरणमा भएको छलफलको क्रममा केही निष्कर्ष निस्किएको बताइएको भएता पनि अमेरिकाले चिनियाँ सामग्रीहरुमाथि लगातार रुपमा कर बढाउने योजना अघि सारिरहेको छ।

यसअघि चिनियाँ सामग्रीहरुमाथि १० प्रतिशतको कर बढाउने प्रस्ताव गरिएको थियो तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसलाई बढाउँदै दुई खर्ब डलरका सामग्रीहरुमा २५ प्रतिशतको कर लगाउने योजना ल्याएका हुन्। अमेरिकाले चीनसँग विभिन्न व्यापारिक सर्तहरु राखेको भए पनि चीनले भने त्यसलाई अस्वीकार गर्दै आएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ