arrow

१४९ जना बोकेको जेट एयरवेज रनवेमै चिप्लियो

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
jet-airways.jpg

काठमाडौं । साउदी अरेबियाबाट भारतको मुम्बईका लागि उड्दै गरेको जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । रियादबाट टेकअफ लिँदै गर्दा समस्या आएपछि रनवेमै चिप्लेको हो ।

विमानले गति लिँदै गर्दा अचानक रनवेबाट चिप्लिए पनि विमानमा रहेका १४९ जना सुरक्षित रहेका छन् । विमानमा १४२ यात्री र ७ चालक दलका सदस्य थिए । 

जेट एयरवेजले जारी गरेको बयानमा भनिएको छ –रियादबाट मुम्बई जाने ९ डब्लु ५२३ विमानबाट सबै यात्रु र चालक दलका सदस्यलाई सकुशल निकालेर टर्मिनल भवनमा लगिएको छ ।’

यता, मुम्बईबाट दुबई जाने विमानमा पनि समस्या आएको छ । छत्रपति शिवाजी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुवई जाने एयर इन्डियाको विमानमा पनि समस्या आउँदा १५० यात्रुले एयरपोर्टमै हंगामा गरेका छन् । 

उनीहरुको एयर इन्डियाका कर्मचारीसंग भनाभनसमेत भएको छ । बिहिबार राति ८ बजे एआई–९८३ विमान दुबई जानुपर्ने थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ