arrow

सडक सुरक्षा माग्दै हजारौं विद्यार्थी सडकमा

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
bangladesh1.jpg

काठमाडौं । बंगलादेशमा सडक सुरक्षाको विषयलाई लिएर ठुलो प्रदर्शन भएको छ । बंगलादेशको राजधानी सहर ढाकामा विद्यार्थीहरुले सो प्रदर्शन गरेका हुन् । 

तीव्र गतिमा आएको बसले दुई विद्यार्थीहरुलाई ठक्कर दिएर उनीहरुको ज्यान गएसँगै बंगलादेशमा सडक सुरक्षाको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन सुरु गरेका हुन् । उनीहरुले आफ्नो प्रदर्शन पाँचौं दिन पनि जारी राखेका छन् । 

सडक सुरक्षाको माग गर्दै हजारौं संख्यामा भेला भएका विद्यार्थीहरुले प्रदर्शन जारी राखेका हुन् । उनीहरुले सरकारले सडक सुरक्षाको विषयमा कडा किसिमकबो नीति ल्याओस् भन्ने आफूहरुको चहना रहेको बताएका हुन् । 

पछिल्लो समय विना चालक अनुमति सवारी चलाउनेहरुको जमातको कारण सडक दुर्घटनाहरु बढेको उनीहरुले औंल्याएका छन् । शिक्षा मन्त्रालयले उक्त दुर्घटनाका दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जाहेर गरेको छ । यद्यपि आन्दोलन भने रोकिएको छैन । 


आन्दोलनको क्रममा विद्यार्थीहरुले सडकमा चल्ने सवारीचालकहरुको अनुमति पत्र पनि परीक्षण सुरु गरेका छन् । 

प्रदर्शनकारी र प्रहरीको बीचमा केही स्थानमा झडप पनि भएको छ । बंगलादेशमा अघिल्लो वर्ष सडक दुर्घटनामा परी करिब ४२ सय मानिसहरुको ज्यान गएको थियो । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ