arrow

जोशीको काउन्टडाउन सुरु

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
deepakraj-joshi.jpg

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको बैठक सुरु भएको छ । बैठक शुक्रबार बिहान १० बजे बस्ने भनिए पनि ५० मिनेटपछि बैठक सुरु भएको हो । 

बैठक प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने भन्ने विषयमा निर्णय लिन सिंहदरबारमा बसिरहेको हो । 

जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा सत्तापक्ष र प्रतिपक्षका सांसद विभाजित भएपछि अनुमोदनको विषय अन्योलमा पर्दै आएको छ ।

सत्ताधारी सांसदहरु जोशीको विपक्षमा छन् भने नेपाली कांग्रेस र राजपा जोशीका पक्षमा सकारात्मक देखिएका छन् । जारी बैठकलाई निर्णायक बनाउने समिति सभापति लक्ष्मणलाल कर्णले प्रतिवद्धता जनाएका छन् । 

गत हप्ता बिहिबार हुनुपर्ने निर्णय अहिलेसम्म अल्झेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ