arrow

प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम अस्वीकृत

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
deepak-joshi1.png

काठमाडौं। प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ। समितिको शुक्रबारको बैठकले जोशीको नाम अस्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।

जोशीलाई दुई तिहाइका आधारमा समितिले अस्वीकृत गरेको हो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बैठक बहिष्कार गरेर निस्केपछि बसेको समितिको बैठकले मतदानका आधारमा दुई तिहाइले जोशीको सिफारिश अस्वीकृत गर्ने निर्णय गरेको हो।

अस्वीकृत गर्ने पक्षमा १० भोट र स्वीकृत गर्नेमा शुन्य भोट परेकाले जोशीको सिफारिश अस्वीकृत भएको हो । १५ सदस्यीय समितिमा संघीय समाजवादी फोरम र नेकपाका सांसदको दुई तिहाइ पुग्छ।

संसदीय सुनुवाई बिशेष समितिले सिफारिस भएका ब्यक्ति अस्वीकार गरेको यो पहिलो पटक हो। झण्डै पाँच घण्टा चलेको बैठकले सर्वसम्मत निर्णय गर्न नसकेपछि बहुमतको आधारमा जोशीलाई अस्वीकार गरेको हो।

कांग्रेसले दुई तिहाइले प्रधानन्यायाधीश सिफारिश भएका व्यक्तिलाई अस्वीकृत गर्नु न्यायालयमाथिको हस्तक्षेप भएको भन्दै आफूहरूले बैठक बहिष्कार गरेको कांग्रेस सांसदहरुले बताएका छन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीको नाम अस्वीकृत गर्ने प्रक्रियामा सहभागी नहुने चेतावनी दिएपछि संसदीय सुनुवाइ विशेष समितिले बुधबार पनि निर्णय दिन सकेको थिएन।

जोशीलाई प्रधानन्यायाधीशका लागि स्वीकार गर्ने/नगर्ने भन्नेमा बुधबार दिनभर दुवै दलका शीर्ष तहदेखि समितिका सदस्यहरूबीच लामो माथापच्ची चलेको थियो । समितिको अध्यक्षता गर्दै आएका ज्येष्ठ सदस्य लक्ष्ममणलाल कर्णले प्रक्रिया अघि बढाउने विषयमै सहमति नजुटेपछि शुक्रबारका लागि बैठक सारिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ