arrow

कपिलवस्तुबाट १ सय ९३ जना हज यात्रामा निस्किए

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७५ साउन १८ शुक्रबार
hajyatra.jpg

कपिलवस्तु  । जिल्लाका १० वटा निकायबाट १९३ जना सय हजयात्री हज यात्राकाक्रममा काठमाडौं प्रस्थान गरेका छन् ।  साउदी अरबमा धार्मिक यात्राका लागि कपिलवस्तुबाट हज यात्राकाल लागि प्रस्थान गरेका छन ।

 कपिलवस्तुबाट सबैभन्दा बढी हजयात्र गर्न जाने गरेका छन् अघिल्लो बर्ष १ सय ७९ जना हजयात्रामा गएका थिए । सदरमुकाम तौहिलवा, पकडी, चन्द्रौटा, कृष्णनगरबाट अरब जानका लागि उनीहरु काठमाडौं लागेका छन । हज यात्रीलाई बिदाई गर्नका लागि उनीहरुको आफन्त तथा गाँउलहरुका ठुलो भीड लागेको छ ।

८० बढी  महिलाहरु संरक्षक मेहरमसंगै हज यात्राका लागि काठमाडौं तर्फ लागेका छन् । यस बर्ष ३२ जिल्लाबाट हज समिति र प्राबिधिक टोली सहीत १ हजार २१० सय जना मक्का मदिना जान लागेका हुन । बक्राईदन मनाउनका लागि उनीहरु ३० दिने यात्राका लागि त्यहा जान लागेका हुन । हज यात्राकालागि प्रस्तान गर्न तौहिलवा बस पार्क पुगेका यशोधरा गाउपालिका– ३ का महबुद्दीन मुसलमान आफनी श्रीमितिसंग यसबर्ष पहिलो पबट हजयात्रा गर्न लागेको बताए ।

‘ बर्षो देखिको चाहना अब पुरा हुने भयो, ’ उनले खुसी हुदै भने, ‘ अल्लाहको कृपाले गर्दा नै यस्ता मौका पाएको छु । उनकी श्रीमिति जैसा खातुन पनि श्रीमानसंग हज जान पाउदा दंग छिन  ।  ‘ बर्षौ अघिको सपना बल्ल सकार हुन लागेको छ । ’ उनले भनिन । मुस्लिम धर्मगुरु अनुसार प्रत्यके मुस्लिम आफनो जीवनकालमा कम्ती एक पटक हज गर्न जानुपर्छ ।  मक्का मदीना यात्रा गर्नेले स्वर्ग जाने सरह पुण्यफल प्राप्ति गर्ने भएकाले त्यहा जाने मान्यता रही आएको ईमाम अली असन ईमामीले बताए ।

मक्कालाई अल्लाहको घर र माहोम्मदको जन्मथालोकोरुपमा रही आएको उनले बताए । ‘ हज गर्नाले जस्तो सुकै ठुलोअपराध र पाप गरे पनि नाश भई भर्खर जन्मेको बच्चा जस्तै पवित्र हुन्छ  ’ उनले भने । हजयात्रीले २० दिन मक्का र १० दिन मदिनामा धार्मिक यात्रा गर्नु पर्छ । मक्कामा सात पटक परिक्रमा( तवाफ ) गर्नु पर्छ जसले एक हज – कावा ) प्राप्त हुन्छ । ईखुल अजाहा – बक्राईदका दिन ) बिशेष नवाज पढदै कुर्वानी दिने चलन छ ।  हज यात्रा गर्नेलार्ई हाजी भन्ने चलन रहेको बताईएको छ ।

देशभरका हजयात्री ७ चरणमा १ अगस्त देखि  ७ अगस्त सम्ममा मक्काकालागि प्रस्थान गर्नेछन् । हजयात्री काठमाडौर्–  हुदै साउदीको जेद्दा पुग्नेछ । चन्द्रमाको उपस्थितीले तय हुने ईदमा जेद्दाबाट ८० किलोमिटरको दुरी तय गरि पैगम्बर मोहम्मदको जन्म स्थान (खान ए कावा) मा परिक्रमा गरि मक्काको मिना मुद्दिलफा आराफातमा ५ दिन बसि नवाज अदा गर्ने छन् । त्यसपछि पैगम्बर मोहम्मदको कब्रस्थान रहेको मदिनामा पुगी १० दिन नबाज पढे पछि हज पुरा हुनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ