arrow

प्रधानमन्त्रीले नियुक्त गरे तीन मन्त्री, शेरबहादुरको मन्त्रालयमा भानुभक्त

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
bhanubhakta-dhakal.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तीन मन्त्रीलाई  नियुक्त गरेका छन् । प्रम ओलीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका छन्  ।

प्रतिनिधिसभा सदस्य ढकाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट विजयी सांसद हुन् ।  उनि प्रतिनिधिसभा निर्वाचन २०७४ मा मोरङ जिल्ला क्षेत्र नं ३ बाट निर्वाचित भएका हुन् । यसअघि साउन ८ गते शेरबहादुर तामाङले राजीनामा दिएपछि सो मन्त्रालय मन्त्रीबिहीन भएको थियो ।

प्रधानमन्त्री ओलीका प्रेस सहयोगी रामशरण बजगाईंका अनुसार आजै प्रधानमन्त्री ओलीले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्ममा अर्याललाई र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा डा सुरेन्द्र यादवलाई नियुक्त गरेका छन् । नवनियुक्त तीन मन्त्रीलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने छिन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ