arrow

सुनिलबहादुर थापाको अभिव्यक्ति पार्टीको आधिकारिक धारणा होइन : राप्रपा

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
Sunil-Bahadur-Thapa-1.jpg

काठमाडौं। राप्रपाले महामन्त्री सुनिलबहादुर थापाले हिमालयन टेलिभिजनमा दिएको अन्तरवार्ता पार्टीको आधिकारिक धारणा नभएको प्रस्टाएको छ । शुक्रबार प्रवक्ता राजेन्द्र गुरुङले एक विज्ञप्ति जारी गर्दै सो बताएका हुन् ।

प्रवक्ता राजेन्द्र गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ  'राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री सुनिलबहादुर थापाको २०७५ साउन १७ मा हिमालयन टेलिभिजनको समय सन्दर्भ मार्फत सम्प्रेषित एक अन्तरवार्तामा व्यक्त बिचार पार्टीको आधिकारिक धारणा नभएको तर्फ राप्रपा (प्रजातान्त्रिक) सबैको ध्यान आकर्षित गराउन चाहन्छ ।'

राप्रपा (प्रजातान्त्रिक) को केन्द्रीय कार्य समितिको बैठकबाट सर्वसम्मतीले “संवद्र्धनवादी उदारवाद” को राजनीतिक सिद्धान्तप्रति पार्टी पूर्ण प्रतिबद्ध रहेको  गुरुङले उल्लेख गरेका छन् ।

उनले  पार्टीको केन्द्रदेखि स्थानीय तहसम्मका संपूर्ण सदस्य तथा शुभचिन्तकहरू उपरोक्त घोषित उद्देश्य र लक्ष्य प्राप्तिमा आ–आफ्नो क्षेत्रमा क्रियाशील रहेको अवस्थामा आएको उक्त अन्तरवार्ताबाट अनावश्यक भ्रम पर्न जाने भएकाले भ्रम निवारणका लागि विज्ञप्ती जारी गरिएको जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ