arrow

अमेरिकी प्रतिबन्धले टर्कीलाई कुनै प्रभाव पर्दैन

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
mevlut_cavusoglu.JPG

सिङ्गापुर । टर्कीका विदेश मन्त्री मुभ्लेट क्याभुसोग्लु शुक्रबार अमेरिकी विदेश मन्त्री माइक पोम्पेओसँग भेट गरी हाल अमेरिकाले लगाएको प्रतिबन्धले टर्कीलाई कुनै प्रभाव नपर्ने बताएका छन् ।  अमेरिकी एकजना पादरीलाई आतङ्कवादको अभियोगमा टर्कीले थुनामा राखेको भन्दै अमेरिकाले टर्कीका न्याय मन्त्री र आन्तरिक मामिला मन्त्रीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
 
चेतावनीयुक्त भाषा र प्रतिबन्धले कुनै परिणाम ननिस्कने उनले बताएका छन्। अमेरिकी विदेश मन्त्री पोम्पेओ र क्याभुसोग्लुबीच भएको छलफलपछि सिङ्गापुरस्थित एक टेलिभिजनलाई दिएको अन्तर्वातामा उनले सो कुरा बताएका छन् ।  अमेरिकी पादरी एन्ड्रेयू ब्रन्सनलाई दुई वर्षदेखि कारागारमा राखिएको र गत हप्तादेखि उनलाई आफ्नै निवासमा नजरबन्द गरिएको छ । यसबाट पादरीलाई मुक्त गरिन्छ भनेर पर्खेका अमेरिकी अधिकारीहरु निराश भएका थिए ।
 
ब्रन्सनमाथि टर्कीले मुख्यतः दुईवटा अभियोग लगाएको छः सन् २०१६ को जुलाईमा टर्कीको असफल सैन्य कू मा अमेरिकामा बसोवास गरिआएका मुस्लिम धार्मिक गुरु फेतुल्लाह गुलेन र कुर्दिस्तान वर्कर पार्टी (पिकेके)लाई ब्रन्सनले सहयोग गरेका छन् ।
 
इज्मेर सहरको एजेनस्थित चर्चमा कार्यरत ब्रन्सनले टर्कीको आरोपको खण्डन गरेका छन् । उनिमाथि लागेको आङ्ककारीको आरोप प्रमाणित भएमा उनलाई ३५ वर्षको जेल सजाय हुनेछ । अगामी अक्टोबर १२ का उनको मुद्दामाथि सुनुवाई हुनेछ ।
 
टर्कीका न्याय मन्त्री र आन्तरिक मामिला मन्त्रीले पादरीको गिरफ्तारी र थुनामा राख्ने कार्यमा मुख्य भूमिका निर्वाह गरेको आरोपमा अमेरिकाले उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि नेटोको सदस्य राष्ट्र टर्की र वासिङटनबीच तिक्तता आएको हो ।  टर्कीको विदेश मन्त्रालयले जवाफी उपायहरु अवलम्बन गर्ने घोषणा गरेपछि पहिलोपटक यो विदेश मन्त्रीस्तरीय बैठक भएको हो । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ