arrow

'भारतको निर्वाचन आफ्नो पक्षमा पार्ने चलखेलमा रुस'

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
modi-putin.jpg

एजेन्सी। अक्सफोर्ड युनिभर्सिटीका सामाजिक सञ्जालका विज्ञहरुले भारत र ब्राजिलमा हुन गइरहेको निर्वाचनमा रुसले प्रभाव पार्ने दिशामा अघि बढिरहेको बताएका छन्। अमेरिकाको सन् २०१६ को निर्वाचनमा रुसको हात रहेको विवरणहरु सार्वजनिक भइरहेको अवस्थामा यस्तो भनाइ आएको हो।

यस विषयमा उनीहरुले विस्तृत जानकारी नदिएपनि अमेरिका जस्तो व्यवस्थित सामाजिक सञ्जाल नरहेको मुलुकहरुका लागि भने निर्वाचनमा प्रभाव पार्नु थप सहज हुने उनीहरुले बताएका छन्।

उनीहरुले अमेरिकाको सञ्चार माध्यमहरुले निर्वाचनको समयमा हुने प्रत्येक गतिविधिहरुको खोजी गर्ने गरेका भए पनि निर्वाचन प्रभावित भएको देखिएकोमा भारत तथा ब्राजिल जस्ता मुलुकहरुमा रुसले नतिजा आफ्नो पक्षमा पार्नका लागि थप चलखेल गर्नसक्ने बताइएको हो।

अक्सफोर्ड युनिभर्सिटीका इन्टरनेट प्रमुख फिलिप एन हावार्डले पछिल्लो समय रसिया प्रजातान्त्रिक प्रणालीमाथि नै प्रहार गर्ने दिशामा अघि बढिरहेको बताए। उनका अनुसार पछिल्लो समय रुसको प्रभाव विस्तार भइरहेका मुलुकहरुका लागि भने आगामी निर्वाचन घातक हुनसक्छ।

भारत पनि रुससँग विभिन्न किसिमका सम्झौताहरु गर्ने दिशामा अघि बढिरहेको छ। जसको कारण आगामी निर्वाचनमा रुसको प्रभाव भारतमा पनि पर्नसक्ने आशंका गरिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ