arrow

'सुनको भाँडोले संसदीय सुनुवाई समितिमा सत्यको मुख छोपियो'

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
deepak_joshi.jpg

काठमाडौँ । प्रधानन्यायाधीशका लागि संवैधानिक परिषदबाट सिफारिस भएका सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश दीपकराज जोशीले सुनको भाँडोले संसदीय सुनुवाई समितिमा सत्यको मुख छोपिएको बताएका छन् ।  

शुक्रबार संसदीय सुनुवाई विशेष समितिले जोशीको नाम दुई तिहाईले अस्वीकृत गरेपछि उनले सो प्रतिक्रिया दिएका हुन् ।

राजनीतिक तथा कानूनी रस्साकस्सीकाबीच शुक्रबार बसेको संसदीय सुनुवाई समितिको बैठकले जोशीको नाम दुई तिहाई मतबाट अस्वीकृत गरेको थियो । सत्तारुढ दलहरु नेकपा र संयीघ फोरमले जोशीलाई प्रधानन्यायाधीश नबनाउने गरि समितिमा निर्णय गरेका हुन‍्।  

संसदीय समितिको निर्णय प्रक्रियाप्रति गम्भिर असहमति जनाएका कामु प्रधानन्यायाधीश समेत रहेका जोशीले भने ‘सुनको भाँडोले संसदीय सुनुवाई समितिमा सत्यको मुख छोपियो ।’

उनले सुनको भाँडोको बारेमा भने खुलाएनन् । आफ्नो सिफारिस अस्विकृत भएपछि के गर्ने भन्ने बारेमा अझै उनि अनिर्णित भएको बताए ।

जोशीको नाम संसदीय सुनुवाई समितले अस्वीकार गर्दा समितिमा रहेका कांग्रेसका चार जना सांसदहरुले लिखित असहमति जनाउदै  बहिष्कार गरेका थिए ।

कांग्रेसका चार सांसदले ५ कारण देखाएर बैठक बहिष्कार गर्नुपर्ने आधार तथा कारण लिखित रुपमै राखेका थिए ।

‘संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई प्रधानन्यायाधिश नियुक्तिको सिफारिस गरी नेपालको संविधान बमोजिम संसदीय सुनुवाई समिति पठाउने र सो समितिको संघीय काकून बमोजीम सुनवाइ गर्नेछ भन्ने व्यवस्था गरेको छ ’ लिखित पत्रमा भनिएको छ ।

कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्की, जितेन्द्र नारायण देव, भीमसेन दास प्रधान, पुष्षा भुषालद्वारा जारी लिखित पत्रमा दुई तिहाईको बलमा अदालतमाथि हस्तक्षेप भएको बताएका थिए ।

‘संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई अस्वीकृत गर्नुपर्ने कारण र आधारका आभावमा नियुक्ति अस्वीकार गर्ने रायसँग हाम्रो गम्भीर असहमति रहेकाले बैठक बहिष्कार गरेका छौं’ उनीहरुले भनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ